काभ्रेको बनेपा नगरपालिका वडा ११ सिनागाल स्थित बाँनियाटोलमा ड’र लाग्यो घ’टना भएको छ । बाँनियाटोलमा डेरा गरी बस्ने पाँचखाल नगरपालिका वडा नम्वर ६ घर भएका आमा र उनका ६ बर्षिया छोरा मृ’त अवस्थामा फेला परेका छन् ।
ईलाका प्र’हरी कार्यालय बनेपामा घ’टनाको जानकारी
असार ३ गतेराति ११.५५ बजे प्राप्त भयो । लगत्तै प्र’हरी पुग्यो । आमा छोरा मृ त अवस्थामा भेटिए । श्रीमान अचेत अवस्थामा थिए ।
पाँचखाल नगरपालिका वडा नम्बर ६ घर भई बनेपाको नाला दोबाटोमा पसल गरी बस्दै आएका ३३ बर्षिय माधवप्रसाद घिमिरे, उनको श्रीमती ३० बर्षिय मनिषा कार्की घिमिरे र ६ बर्षिय छोरा युवान घिमिरे डेरा गरी बस्दै आएका थिए ।
प्र’हरीले माधवलाई आफ्नै निगरानीमा शिर मेमोरियल अस्पताल बनेपामा उपचार गराईरहेको छ । माधवले सुरूमा श्रीमती र बच्चालाई वि’ष खुवाएर आफुले खाएको हुन सक्ने प्र’हरीले आशंका गरेको छ ।
माधवले केहि महिनादेखि डिप्रेशनको औषधी खाँदै आएको आफन्तहरू बताएका छन् ।
Facebook Comments