मेलम्चीमा साँझ पानी सिससिम पानी परिरहेकाे थियाे । र खाेला बढेर एक्कासी पानी बढ्याे । हामी रमाइलो मानिमानि पुलबाट हेरेर बस्यौँ । पानी बढ्दै गयाे रात पनि पर्दै गयाे ।
जत्राे पानी बढेपनि मेरो सुन पसल पसलएकाे ठाउँमा यस्ताे क्ष ती हाेला भन्ने लागेकाे थिएन् । जतिराती भयाे पानीकाे बहाबपनि बढ्दै याे ।
बाढीले पुल लडायाे । र पनि म हाम्रो ब्यबसायिक क्षेत्र पसलहरू सुरक्षित महसुस गरिरहेकै थिएँ । त्यसकाे केहिपछि भने खाेलामा पानी हैन लेदाे बग्न थाल्याे । र पनि खाेला आफ्नै पनि नियमित बेटोमा मात्र बग्दै थियाे ।
बिस्तारै रात छिपिदै गयो । हामी सुरक्षित स्थानमा गएर बस्यौँ । पसललाई केहि नहोस् भन्दै प्रार्थना गरी रह्यौँ । रात कट्याे ।
बिहान सुरु भयाे । हामी त्यही नजिक पुगेर पसलकाे अबस्था हेर्दै थियाैं । पसल नजिकै यसरी लेदाे बढ्दै गयाे की हेर्दा हेर्दै छिन भरमै पसल छाेप्याे ।
पसलको सर सामान केहि झिक्न पाईन् । भूकम्पपछि बल्ल तल्ल बिस्तारै लयमा फर्कदै गरेको हामी ब्यबसाय विमुख भयाैं ।
हाम्रो परिवार सबै सकुशल छौँ । तर पुर्णरूपले लगाएकाे लुगा बाहेक हामीसंग केहि बाँकी रहेन् । प्रकृतिको अगाडि हामी निरिह बन्नु बाहेक कुनै विकल्प रहेन् । यो बजार यसरी तहस, नहस होला भनेर कहिल्यै कल्पना पनि गरेको थिएन् ।
आज बजार बगर बनेको छ । दुःख गरेर थालेको ब्यवसायसँगै कयौँ सपना पनि डुबेको छ ।
:राम बहादुर सुनार, सुन ब्यवसायी, मेलम्ची सिन्धुपाल्चोक
Facebook Comments