पूर्व मन्त्री एवं काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर २ वटा निर्वाचित निर्वतमान सांसद गोकुल बाँस्कोटाले दोलालघाट पुलको काँध थापेर फोटो खिचाउनु भएको छ ।
असार १ गतेदेखि इन्द्रावती नदीको बाढी पुर्राएको क्षतिको अबलोकन गर्न दोलालघाट बजार पुग्नुभएका पूर्व मन्त्री बाँस्कोटाले पुलमा काँध थापेर फोटो खिचाउनु भएको हो ।
उहाँसँगै काभ्रेका जनप्रतिनिधि र सरकार कर्मचारीले समेत पुलमुनि बसेर फोटो खिच्न भ्याएका छन् । इन्द्रावती नदीमा आएको बाढीले पुलको निकै माथिल्लो भागसम्म लेदो माटो जमिएको छ ।
पूर्व मन्त्री बाँस्कोटाको नेतृत्वमा पुगेको जिल्ला स्थित सरकार अधिकारी र राजनीतिक नेता, कार्यकर्ता सम्मिलित टोलीले डुवानमा परेका घरका परिवारलाई सुरक्षित स्थानमा सारेको छ ।
Facebook Comments