Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

दोलालघाट: इन्द्रावतीमा बाढी आउँदा सुनकोशी छेउका घर कसरी परे डुवानमा ?

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
दोलालघाट: इन्द्रावतीमा बाढी आउँदा सुनकोशी छेउका घर कसरी परे डुवानमा ?
Spread the love
    

असार १ गते दिउँसो हेलम्बु गाउँपालिकाका बिभिन्न गाउँ र मेलम्ची बजार क्षेत्र इन्द्रावती नदीले बगरमा परिणत गर्दासम्म पनि दोलालघाट बजार सुरक्षित नै थियो । हिजो दिउँसो सम्म पनि दोलालघाटबासी सचेत थिए । यति धेरै क्ष ति बेहोर्नु पर्छ भन्ने निकै कमैले सोचेका थिए ।

तर हिजो रातीको बाढीले दोलालघाट बजार पनि थप असुरक्षित बनेको छ । पुलवारीका कतिपय घरको एक तल्ला र कतिको आधा तल्लासम्म इन्द्रावतीले माटो थुप्रिएको छ ।

अरनिको राजमार्गको मुख्य पुल इन्द्रावतीले बगाएर ल्याएको माटोले लगभग छुन छुनै खोजेको । पुलवारी कम्तीमा ३ फिट सम्म माटो थुप्रिएको स्थानीयले अनुमान गरेका छन् ।

‘खोलामा बाढी त पहिले पनि न आएको होईन । तर अकल्पनीय अहिलेको बाढी । निकै डरलाग्दो छ । कहिले वारि, कहिले पारी त कहिले बिचै बिच बग्दै आफ्नो धार छिन छिनमै परिबर्तन गरिरहेको छ । इतिहासमै नआएको बाढी आएको छ । दुलालेश्वर युवा क्लबका निर्वतमान अध्यक्ष अष्ट श्रेष्ठले भन्नुभयो ।’

इन्द्रावतीमा बाढी आउँदा सुनकोशी छेउका घर चाहिँ किन परे डुवानमा ?

हेलम्बुबाट बगेको इन्द्रावती नदी र चीनको नेलम क्षेत्र हुँदै तातोपानीबाट आएको सुनकोशी नदी काभ्रेको दोलालघाटमा भेटिन्छनन् । तुलनात्मक रूपमा इन्द्रावती भन्दा सुनकोशी हिउँदमा पनि ठूलै फेरो हालेर बग्छ ।

यो पटक मनसुन सुरू हुँदा इन्द्रावती बेस्सरी उर्लियो । मानौँ कि बर्षौसम्म सानै छ भनेर तत्कालै गुलित गराउने सुनकोशीलाई आफ्नो फरक अवतार देखाउनु छ जसरी । इन्द्रावतीमा यो पटक पानीको भेल मात्रै बढेन् । पाङ्गो बालुवा र माटो त्यसैमा मिसिए ।

दोलालघाट माथिको सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रको सबैभन्दा ठूलो बजार बगरमा परिणत भयो । दोलालघाट पुलवारीका घरहरू पनि माटोले टालिएका छन् । इन्द्रावती नदीमा आएको पाङ्गो बालुवा र माटोले सुनकोशी नदीको बहावलाई समेत असर गर्यो ।

त्यसैको असर दोलालघाटको सुनकोशी बजार डुवानमा पर्यो । जब इन्द्रावती नदीमा माटो सहितको बाढी आयो । त्यसपछि सुनकोशीको नियमित बाटोलाई असर गर्यो । अर्थात् सुनकोशीलाई इन्द्रावतीले छेक्न खोज्दा बजारका घरहरू डुबे । आज स्थलगत निरीक्षणमा पुग्नुभएका काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले भन्नुभयो ।’

प्रमुख जिल्ला अधिकारी पोखरेका अनुसार सुनकोशी नदी पट्टीको बजारमा बढी क्ष ति भएको छ । घर डुबानमा परेका छन् । स साना टहरा बगाएको छ । खेलकुद मैदान ध्वस्त भएको छ । खेतमा समेत क्ष ति पुगेको छ ।

‘आज प्रभावित क्षेत्रमा पुगेर त्यहाँको अवस्था बुझेका छौँ, नदी आसपासका सबै स्थानीयलाई सुरक्षित स्थानमा सारेका छौँ, सुरक्षाकर्मी बाढी प्रभावित क्षेत्रमै छ, क्ष तिको पूर्ण विवरण भोलीसम्म आइपुग्छ, प्रमुख जिल्ला अधिकारी पोखरेले भन्नुभयो ।’

चीनको नेलम क्षेत्रमा बारी बर्षा भैरहेको खबर प्र हरीलाई आईसकेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले बताउनुभयो । ‘चीनबाट आएको खबरलाई समेत आधार माने सुनकोशी नदीमा आसपास बस्ने सबैलाई उच्च सावधानी अपनाएर बस्न भनेका छौँ । सार्नु पर्ने बस्तीलाई सुरक्षित ठाउँमा सारिसकेका छौँ, प्रमुख जिल्ला अधिकारी पोखरेले भन्नुभयो ।’

‘दोलालघाट पुलको बुर्जा पुरिन लागिसकेको छ । झन झन जोखिम बढ्दै गैरहेको छ । अब थप क्ष ति नहोस् भनेर भगवानसँग प्रार्थना गर्नुभएको विकल्प छैन् । आगामी दिनमा बस्ती जोगाउन र ब्यबस्थापनको लागि सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ, दुलालेश्वर युवा क्लबका निर्वतमान अध्यक्ष श्रेष्ठले भन्नुभयो ।’

 

Post Views: 349

Spread the love
    

Facebook Comments

Next Post
जब पूर्व मन्त्री बाँस्कोटाले दोलालघाट पुलमा काँध थापे…

जब पूर्व मन्त्री बाँस्कोटाले दोलालघाट पुलमा काँध थापे...

अनैकोटका अग्निपिडीत बिकलाई युवा संघ र अनेरास्ववियूको सहयोग

अनैकोटका अग्निपिडीत बिकलाई युवा संघ र अनेरास्ववियूको सहयोग

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!