सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा अबरुद्ध बिद्युत सेवा सूचारु भएको छ । हिजो साँझ इन्द्रावती नदीमा आएको बाढीको कारण त्यस क्षेत्रमा बिद्युत सेवा अवरुद्ध भएको थियो ।
तत्कालको लागि पाँचखाल वितरण केन्द्रले मण्डनदेउपुर नगरपालिकालाई सप्लाई दिईएको ११ केभि फिडर मार्फत मेलम्ची क्षेत्रमा बिद्युत सेवा दिन सफल भएको विवरण केन्द्रले जनाएको छ ।
पाँचखाल वितरण केन्द्रका अनुसार बाढीले कारण दोलालघाटको ट्रान्सर्फमर तथा पोलहरुमा क्ष’ति पुगेको छ । त्यस कारण केही लाईन अबरुद्ध रहेको छ ।
क्ष’ति पुगेका ट्रान्सर्फमर तथा पोलहरू पनि जतिसक्दो छिटो सञ्चालनमा ल्याउने गरी काम भैरहेको पाँचखाल वितरण केन्द्रले जनाएको छ ।
Facebook Comments