सिन्धुपाल्चोकमा भारी बर्षा भएको छ । जिल्लाको पाँचपोखरी थाङपालधाप गाउँपालिका क्षेत्रमा अत्याधिक बर्षा भएको हो ।
उक्त क्षेत्रमा परेको अत्याधिक पानीले इन्द्रावती नदीमा पानीको सहत ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ वटा निर्वाचित निर्वतमान सांसद शेर बहादुर तामाङले मेलम्ची र ईन्द्रावती खोलामा ठूलो बाढी आईरहेकोले मेलम्ची, ईन्द्रावती, सुनकोशी र सप्तकोशी नदी किनारका बासिन्दहरुमा सचेत रहन अनुरोध गर्नुभयो ।
हेलम्बु गाउँपालिका वडा नम्बर १ खानेपानी मुहान माथी भीषण पहिरो गएको बताईएको छ । नाकुतेबाट आएको पहिरोले मानवीय क्ष ति नभए पनि स्थानीयको भागाभाग भैरहेको स्थानीय दोर्जे शेर्पाले जानकारी दिनुभयो ।
पाँचपोखरी थाङपालधाप वडा नं १ का वडा अध्यक्ष निङ्मा छिरिङ तामाङका अनुसार खोला धेरै ठुलो भएर बगेको छ । उहाँले तल्लो बस्तीका सर्वसाधारणलाई सचेत रहन सम्पर्क गरिरहेको बताउनुभयो ।
बाढिका कारण इन्द्रावती हाइड्रोमा ठूलो क्ष ती भएको र हेलम्बुको मेलम्ची खानेपानीको सिरमा रहेको नाकुतेको पुल समेत बगाएको खबर प्राप्त भएको छ । अहिले खोला झन ठुलो हुने क्रम जारी छ । खोला वरपरका गोठ, टहरा र खेत समेत बगाएको स्थानीयले बताएका छन् ।
Facebook Comments