काभ्रेको पनौती नगरपालिका वडा नम्बर ७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यले महिला स्वास्थ्य स्वयमसेविकालाई छाता सहयोग गर्नु भएको छ । वडा सदस्य कर्माचार्यले ब्यक्तिगत खर्चमा वडा भित्रका १४ जना महिला स्वास्थ्य स्वयमसेविकालाई छाता सहित स्वास्थ सामग्री प्रदान गर्नु भएको हो ।
वडा सदस्य कर्माचार्यले महिला स्वास्थ्य स्वयमसेविकालाई मास्क र सेनिटाइजर पनि प्रदान गर्नुभएको छ । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका गाउँ गाउँ पुगेर जोगिने उपाय बताउने महिला स्वास्थ्य स्वयमसेविकालाई थप हौसला दिने उद्देश्यले सहयोग गरेको वडा सदस्य कर्माचार्यले बताउनुभयो ।
Facebook Comments