होमेन्द्र राना मगर /घर्तीछाप: काभ्रेको महाभारत गाउँपालिकाले असार २१ गतेभित्र योजनाको रकम भुक्तानी लिन सबैलाई आग्रह गरेको छ । प्रमुख प्रशासकीय अधिकृत हरीसिंह बिष्टले एक सूचना जारी गर्दै यस्तो आग्रह गर्नुभएको हो ।
आर्थिक वर्ष सकिनु ७ दिनअघि नै हिसाब मिलान गर्नु पर्ने भएकाले गाउँपालिका अन्तर्गत सञ्चालित सबै योजनालाई २१ भित्र रकम भुक्तानीका लागि आउन भनिएको छ ।
आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐन २०७६ र नियमावली २०७७ मा आर्थिक वर्ष सकिनु ७ दिन अघि नै रकम भुक्तानी दिईसक्नु पर्ने प्रावधान छ ।
त्यहि प्रावधान अनुसार उपभोक्ता समिति, समूह र निर्माण कम्पनीलाई समयमै भुक्तानीका लागि आउन भनिएको प्रमुख प्रशासकीय अधिकृत बिष्टले जानकारी दिनुभयो ।
Facebook Comments