काभ्रेको धुलिखेल नगरपालिकाले शिक्षामा समाजवाद उन्मुख कार्यक्रम सुरूवात गरेको छ । नगरपालिकाले निःशुल्क उच्च शिक्षा कार्यक्रमको सुरुवात गरेको हो ।
यसको थालनी स्वरुप आज धुलिखेल नगरपालिकाले धुलिखेल क्याम्पस र सञ्जीवनी क्याम्पससँग सम्झौता गरेको नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो ।
यी दुई वटा क्याम्पसमा स्नातक तह पढ्ने धुलिखेल नगरपालिका भित्रका कुनै पनि बिद्यार्थीले शुल्क तिर्नुपर्ने छैन् । ‘धुलिखेल नगरपालिकाको ‘उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत दुईवटा क्याम्पससँग सम्झौता गरिएको छ, यी दुई वटा क्याम्पसमा पढ्ने धुलिखेल नगरपालिकामा स्थायी बसोबास गर्ने जो कोहिले पनि शुल्क तिर्नु पर्दैन, नगरप्रमुख ब्याञ्जुले भन्नुभयो ।’
नगरपालिकाको ‘उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत धुलिखेल नगरपालिका भन्दा बाहिरबाट आएर यी क्याम्पसमा पढ्ने विद्यार्थीले ५० प्रतिशत छुट पाउँने छन् ।
‘नि:शुल्क उच्च शिक्षा पढ्न धुलिखेल जाउ’ भन्ने नारा सहित हामीले यो कार्यक्रमको सुरुवात गरेका छौँ, नगरबासीलाई सतप्रतिशत नि:शुल्क र बाहिरबाट आएर पढ्ने विद्यार्थीले कुल पढाई खर्चको ५० प्रतिशत मात्रै तिर्नु पर्ने ब्यवस्था मिलाएका छौँ, नगरप्रमुख ब्याञ्जुले भन्नुभयो ।’
नगरप्रमुख ब्याञ्जुले ‘उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम ” अन्तर्गत धुलिखेल क्याम्पस र सञ्जीवनी क्याम्पसमा उच्च शिक्षा (स्नातक) अध्ययनगर्ने बिद्यार्थीका लागि ८/८ लाख छात्रवृत्ति रकम आज हस्तान्तरण गर्नुभएको छ । यहि बर्ष भर्ना भएका विद्यार्थीले पनि यो रकम पाउँने छन् ।
Facebook Comments