युवा संघ काभ्रे र अनेरास्ववियूले बेथानचोक गाउँपालिका वडा नम्बर २ मा रहेको ढुंखर्क स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि खटेका स्वास्थ्यकर्मीको मनोबल उच्च बनाईराख्न सम्मान गरेको युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाहले जानकारी दिनुभयो ।
स्वास्थ्य कर्मीहरूको खादा लगाइदिएर सम्मान गरिएको हो । युवा संघ र अनेरास्ववियूले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण पनि हस्तान्तरण गरेको छ ।
२५ सय थान सर्जिकल मास्क, ५ लिटरको २ जर्किन स्यानिटाजर, स्टिमर, साबुन लगायतका सामग्री स्वास्थ्य चौकीका ईन्चार्ज दुर्गा प्रसाद पोखरेललाई हस्तान्तरण गरेको अनेरास्ववियू काभ्रेका अध्यक्ष बदन भण्डारीले जानकारी दिनुभयो ।
स्वास्थ्य चौकी ईन्चार्ज पोखरेले आफ्नो जागिर जीवनको यो कालखण्डमा यसरी पहिलो पटक सम्मानित भएको बताउनुभयो । ‘मैले सेवा गरेको निकै लामो समय भयो, यसरी स्वास्थ्य चौकीमा पहिलो पटक सम्मानित हुन पाउँदा ज्योदै खुशी लागेको छ, कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका पहिलो घेरामा रहेर काम गर्दै गर्दा जुन रूपमा सम्मानित हुन पायौँ, यसले हामीलाई थप हौसला मिलेको छ, स्वास्थ्यमा चौकी ईन्चार्ज पोखरेले भन्नुभयो ।’
स्वास्थ्य सामग्रीले आफुहरूलाई कोरोना सं क्रमितको उपचार गर्न सहयोग पुग्ने स्वास्थ्य चौकी ईन्चार्ज पोखरेले बताउनुभयो । ‘यो जटिल परिस्थितिमा तपाईले सहयोग गर्नुभएको स्वास्थ्य सामग्रीले हाम्रो लागि निकै ठूलो महत्व राख्दछ, यसले कोरोना सं क्रमितको उपचारमा स्वास्थ्य सामग्रीको अभाव हुनबाट हामीलाई मद्दत पुगेको छ, स्वास्थ्य चौकी ईन्चार्ज पोखरेले भन्नुभयो ।’
देशका कयौँ ठाउँमा स्वास्थ्यकर्मी माथि दुर्ब्यबहार भैरहेका बेला युवा संघ र अनेरास्ववियूले ती ब्यक्तिहरूलाई समेत उदाहरण हुने गरी स्वास्थ्यकर्मीलाई सम्मान गर्न सुरु गरेको केन्द्रीय सचिव शाहले बताउनुभयो ।
‘हामी धेरै ठाउँको खबर सुनेका छौ, स्वास्थ्यकर्मी माथि दुर्ब्यबहार भएको, धम्की आएको, यस्तो बेला स्वास्थ्यकर्मीहरूको पनि मनोबल उच्च बनाई राख्न आवश्यक छ, त्यहि भएर हामी स्वास्थ्यकर्मीलाई सम्मान गरेका हौँ, केन्द्रीय सचिव शाहले भन्नुभयो ।’
Facebook Comments