पूर्व मन्त्री गोकुल बाँस्कोटाले केपी ओली एक्लो रहेर भएपनि देशलाई विदेशीको हातमा सुम्पन नदिने दाबी गरेका छन् । ‘केपी ओली एक्लो छन् र रहन्छन्, पाँच पुर्व प्रमको स्वार्थ बोक्दैनन्’ बाँस्कोटाले भने ।
केहि दिन अघि पूर्व प्रधानमन्त्रीहरू शेर बहादुर देउवा, झलनाथ खनाल, प्रचण्ड, माधव कुमार नेपाल र बाबुराम भट्टराईले विदेशी हस्तक्षेप बढेको भन्दै बक्तब्य बाजी गरेका थिए ।
त्यसैलाई ईंकित गर्दै बाँस्कोटाले भने ‘ओली बिशेषता नै यहि हो । आफ्ना एजेण्डामा स्पष्ट अरुका प्रतिकृया त आउँछन जान्छन ।’
पूर्व मन्त्री गोकुल बाँस्कोटाले पाँच पूर्व प्रधानमन्त्रीहरूको अभिव्यक्तिलाई जसपा डल्लै आफुतिर नउभिएपछिको रुवाबासी संज्ञा दिएका छन् । उनले भनेका छन् ‘जसपा डल्लै आफुतिर नउभिएपछिको रुवाबासी नत्र लड्डुलालले दीप बाल्थे ।’
सामाजिक सञ्जालमा पूर्व मन्त्री बाँस्कोटाले लेखेका छन् ‘पाँच पुर्वप्रम सधै त एकै ठाउँमा थिए, प्रम ओली एक्लो छन, रहन्छन । यीनका स्वार्थको भारी बोकेर किन सँगै रहनु ?
हटाउन नसक्ने निश्चित भएपछिको गनगन ।ओली बिशेषता नै यहि हो । आफ्ना एजेण्डामा स्पष्ट अरुका प्रतिकृया त आउछन जान्छन । जसपा डल्लै आफुतिर नउभिएपछिको रुवाबासी नत्र लड्डुलालले दीप बाल्थे ।’
Facebook Comments