जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निषेधाज्ञाको समय १ हप्ता थप गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले असार ७ गतेसम्मका लागि नि’षेधाज्ञाको समय थप गरेको जानकारी दिनुभयो ।
यसअघि थप गरिएको समय गएराति १२ बजेबाट सकिएको थियो । काभ्रेमा बैशाख १९ गतेदेखि नि षेधाज्ञा जारी छ ।
‘केहि क्षेत्रमा खुकुलो पार्छौ, काठमाडौँको नि षेधाज्ञालाई समेत ध्यानमा राखेर हामीले निर्णय गरेका छौ, पसल खोल्ने समयमा फेलबदल गरिएको छ, प्रमुख जिल्ला अधिकारी पोखरेले भन्नुभयो ।’
काभ्रेमा पहिलो पटक बैशाख १९ गतेदेखि बैशाख २५ गते रातिसम्म नि षेधाज्ञा जारी भएको थियो । दोश्रो पटक बैशाख २५ गते राति देखि जेठ २ गतेसम्म, तेश्रो पटक जेठ ३ गते देखि राति १२ बजेसम्म जारी गरिएको थियो ।
त्यस्तै चौथो पटक जेठ १३ देखि २२ गतेसम्म र पाँचौ पटक जेठ २३ गते देखि ३१ गतेसम्म नि षेधाज्ञा जारी गरेको थियो । आज थप गरिएको नि षेधाज्ञा छैठौँ पटक हो ।
‘जिल्लामा अहिले कोरोना भाईरसका सक्रिय सं क्रमितको संख्या कम हुँदै गएको छ । हामी राजधानीसँग पनि जोडिएको जिल्ला भएकाले त्यहाँ भएका फेरबदललाई पनि आधार मानिर कतिपय क्षेत्रमा स्वास्थ्य सुरक्षाका मापदण्ड सहित खुकुलो बनाएका छौँ, प्रमुख प्रशासकिय अधिकृत पोखरेले भन्नुभयो ।’
Facebook Comments