बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रका महिला स्वास्थ्यकर्मी नुहाउँदै गरेको भिडियो ड्रोन मार्फत खिच्ने पत्रकार प क्राउ परेका छन् । सरोकार टेलिभिजनका सिन्धुपाल्चोक संवाददाता बाह्रबिसे नगरपालिका वडा नम्बर ३ घर भएका रामचन्द्र बस्नेतलाई ईलाका प्र हरी कार्यालय बाह्रबिसेले प क्राउ गरेको हो ।
पत्रकार बस्नेतलाई कारबाहिको माग गर्दै ईलाका प्र हरी कार्यालय बाह्रबिसेमा बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर अनुपमा थापाले जेठ २४ गते जाहेरी दिनुभएको थियो । जाहेरीमा अभद्र व्यवहार सम्बन्धित मुद्दामा का रबाही गर्न माग गरिएको थियो ।
पत्रकार बस्नेतले जेठ २२ गते नुहाईरहेका महिला स्वास्थ्यकर्मीहरूको ड्रोन मार्फत भिडियो खिचेका थिए । पत्रकार बस्नेतले कोरोना सं क्रमण भै अस्पतालकै आईसोलेसनमा बस्नुभएका डाक्टर थापाको पनि रूमभित्रै ड्रोन पठाएर भिडियो खिचेका थिए ।
पत्रकार बस्नेतले प्राथमिक स्वास्थ्य केन्द्रको बिना अनुमति नै आफुसँग ड्रोन उठाउने लाईसेन्स छ भन्दै नुहाइरहेका स्वास्थ्यकर्मी र आईसोलेसनमा बसेका चिकित्सकलाई धक धम्की दिएर भिडियो खिचेका थिए । उनले भिडियो भाईरल बनाईदिन्छु भन्दै स्वास्थ्यकर्मी र चिकित्सकलाई ध म्क्याएका थिए ।
पत्रकार बस्नेतले कोरोना सं क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी र चिकित्सकको मनोबल गिराएको र मानमर्दन समेत नगरी अभद्र व्यवहार गरेकाले प्रचलित कानून बमोजिम कडा का रबाहीको माग गरिको छ । ड्रोनबाट खिचिएको भिडियो समेत नियन्त्रणमा लिन जाहेरीको भनिएको छ ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले वडा नम्बर ३ का कोरोना सं क्रमित आइतमान तामाङको उद्धारको नाममा यी सबै हर्कत बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा गराएका थिए । सभापति बस्नेतले बिरामीलाई उपचार नगराई ह्वील चियरबाट भुँईमा राखेर भिडियो खिचेर सामाजिक सञ्जालमा राखेका थिए ।
स्वास्थ्यकर्मीको निगरानीमा होम आईसोलेसनमा रहेका आईतमानलाई बस्नेतले जबर्जस्ती आफ्नो गाडीमा हालेर प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याएका थिए । प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएपछि उपचारमा सहयोग नगरेर बस्नेत भिडियो खिच्न तिर ब्यस्त भएका थिए ।
प क्राउ परेका पत्रकारमाथि अनुसन्धान भैरहेको जिल्ला प्र हरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । पत्रकार बस्नेतलाई सार्वजनिक अभद्र व्यवहार सम्बन्धी मुद्दा दायर गरिएको छ ।
अभद्र व्यवहार सम्बन्धी कसुरमा दोषी ठहरीए बढिमा ३ महिना सम्म कैद अथवा १० हजार सम्म ढरौटी तोकिने प्रावधान रहेको छ । प्र हरीले पत्रकार बस्नेतलाई पाँलातीबाट प क्राउ गरेको हो ।
यो पनि पढ्नुहोस्
सिन्धुपाल्चोकको बाह्रबिसेमा नुहाईरहेका महिला स्वास्थ्यकर्मीको भिडियो खिच्ने पत्रकार बस्नेत वि’रूद्ध जाहेरी
नुहाईरहेका महिला स्वास्थ्यकर्मीको भिडियो खिच्ने पत्रकार बस्नेत वि’रूद्ध जाहेरी
यो पनि पढ्नुहोस्
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा कांग्रेसको घिन लाग्दो राजनीति
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा कांग्रेसको घिन लाग्दो राजनीति
Facebook Comments