काभ्रेको पाँचखाल नगरपालिकाले दुई वटा वडाका किसानलाई भैँसीको थोरे वितरण गर्ने भएको छ । आज पालिकाले एक सूचना जारी गर्दै वडा नम्बर ५ र १३ का किसानलाई भैँसीको थोरे वितरण गर्ने जनाएको हो ।
वडा नम्बर ५ मा ९७ वटा भैँसीको थोरे वितरण गरिनेछ । यो वडामा संघीय सरकार र निजी कृषकहरूको साझेदारीमा मध्य पहाडी लोकमार्ग दूग्ध उत्पादन कार्यक्रम अन्तर्गत थोरे वितरण गरिनेछ ।
वडा नम्बर १३ मा ५७ वडा थोरे वितरण गरिने नगरपालिकाले जनाएको छ । यो वडामा प्रदेश सरकार र निजी कृषकहरूको साझेदारीमा मध्य पहाडी लोकमार्ग दूग्ध उत्पादन कार्यक्रम अन्तर्गत थोरे वितरण गरिनेछ ।
नगरपालिकाले अबको १५ दिनभित्र सम्बन्धित वडा र नगरपालिकाको पशुपन्छी शाखामा निवेदन दिन आग्रह गरेको छ । सहकारी, कृषि समूह र समितिहरू निवेदन पेश गर्न सक्ने छन् ।
संघ र प्रदेश सरकारको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा थोरे वितरण हुनेछ । थप केहि बुझ्नु परे ९८४१४१४००१ नम्बरमा फोन गर्न पनि सकिनेछ ।
Facebook Comments