पूर्व मन्त्री तथा निवर्तमान प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाको पहलमा आर्थिक वर्ष ७८/७९ को बजेटमा मण्डनदेउपुर नगरपालिकाको भौतिक पुर्वाधार बिकासका योजना सार्वजनिक भएको छ ।
बैकल्पिक राजमार्ग, निर्वाचन रणनीतिक सडक, शहरी पुर्बाधार निर्माणका लागि कार्यक्रम भएका छन् । नदि नियन्त्रण, सिंचाइ, मण्डनदेउपुर बृहत खानेपानी, पर्यटन पार्क, झोलुङ्गे पुल लगाएतका महत्वपुर्ण कार्यक्रम समाबेश भएको छ ।
भौतिक पुर्बाधार मन्त्रालय मार्फत
१. नगरकोट गैरिबिसौना हिगुवापाटी दोलालघाट सडक अब बैकल्पिक राजमार्गका लागि- २ करोड
२.निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत हिगुवापाटी चण्डेनी दोलालघाट सडक- १ करोड २० लाख आ.ब ७८/७९ मा बहुबर्षीय ठेक्का लाग्नेछ ।
३.नगरकोट गैरिबिसौना हिगुवापाटी सडक
-१५ करोडको ठेक्का सम्झौता भै निर्माण चलिरहेको छ यो योजना यस आर्थिक वर्षमा पनि समाबेश छ ।
४. नगरकोट देउपुर ढाडखोला सडक- २४ लाख
शहरी बिकास मन्त्रालय मार्फत
५. मण्डनदेउपुर नगरपालिकामा शहरी पुर्वाधार निर्माण कार्य -२ करोड बिनियोजन (यो योजनामा विभिन्न योजनाहरु समाबेश छ्न, डिपिआर निर्माण र प्राबिधिक प्रतिबेदनका आधारमा आब ७८/७९ मा सुरुमा ६ करोडको काम अगाडि बढ्ने छ।)
६. नर्सरी नौबिसे पौवाटार सडक -५० लाख
७. तिनकुने ढकालथोक सिपाघाट सडक -५० लाख
८. नगरकोट चिते पर्यटकीय सडक मण्डनदेउपुर २ -५० लाख
सिचाइ तथा जलश्रोत मन्त्रालय अन्तर्गत
९. सिपाघाट बजार क्षेत्र संरक्षण कार्य काभ्रे – १५ लाख ( यस योजना अन्तर्गत डिपिआर रिपोर्ट तयार गरि सिपाघाट बजार क्षेत्रमा तटबन्ध तथा अन्य संरक्षणका काम अगाडि बढ्ने छ ।)
१०.गेरुवा लिफ्ट सिंचाइ योजना मण्डनदेउपुर ७- ३० लाख
११.जुडिगाउ लिफ्ट सिंचाइ योजना मण्डनदेउपुर ८ – ३० लाख
१२. रानिटार लिफ्ट सिंचाइ योजना मण्डनदेउपुर ९-३० लाख
१३. ज्वानेटार लिफ्ट सिंचाइ योजना मण्डनदेउपुर १०- १० लाख
१४. ठुल्डि लिफ्ट सिंचाइ योजना मण्डनदेउपुर १२- १ करोड १० लाख
खानेपानी मन्त्रालय अन्तर्गत
१५. मण्डनदेउपुर बृहत् खानेपानी योजना – यस आबमा १७ करोड बिनियोजन ( वहुबर्षीय ठेक्का सुचना चालू आवमा नै प्रकाशन भएको आब ७८/७९ मा निर्माण कार्य सुरु हुने छ ।)
१६. कालिकास्थान खानेपानी योजना मण्डनदेउपुर ५,६- १० लाख
१७.कुन्ताबेशी खानेपानी योजना
पर्यटन मन्त्रालय मार्फत
१८.नगरकोटमा बृहत् इको पर्यटन पार्क निर्माण – ३६ लाख
१९. गणेश मन्दिर निर्माण मण्डनदेउपुर ६ – १० लाख
२०. आपखोला बगर कुलो निर्माण मण्डनदेउपुर ७ – १० लाख
समपुरक र बिशेष अनुदान
२१. कुन्ता नयाँगाउँ नगरकोट सडक कालोपत्रे – ४ करोड १५ लाख
२२. डेडिदेबी खानेपानी योजना मण्डनदेउपुर , ८३ लाख
२३. दुबागाउ खानेपानी योजना मण्डनदेउपुर, १ करोड ५८ लाख
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत डोलि मार्फत
२४. टोड्केखोला सडक पुल निर्माण मण्डनदेउपुर ९,१०- १ करोड
२५. चाखोला ह्वाङ्ह्वाङे मोटरपुल जुडिगाउ रानिटार जोड्ने – २० लाख
२६. हल्देटार सुकुटेबगर माझिगाउ तोरिखोला झोलुङ्गे पुल मण्डनदेउपुर – ५० लाख
अझै केही मन्त्रालय र बिभागको योजनाका सुची प्राप्त हुन बाँकी भएकोले योजनाको नाम र बजेट थप हुने पूर्व मन्त्री बाँस्कोटाको सचिवालयले जनाएको छ ।
Facebook Comments