Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

‘मण्डन शहरी पूर्वाधार’ मा के-के समेटिन्छन् ?

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in अर्थतन्त्र, गृहपृष्ठ, फिचर, समाचार, समाज
‘मण्डन शहरी पूर्वाधार’ मा के-के समेटिन्छन् ?
Spread the love
    

नेपाल सरकारका अर्थ मन्त्री विष्णु पौडेलले जेठ १५ गते सार्वजनिक गरेको बजेटमा काभ्रेको सबैभन्दा कान्छो नगरपालिकालाई मण्डनदेउपुरमा ‘मण्डन शहरी पूर्वाधार’ विकास गरिने बताउनुभयो । त्यसै अनुसार बजेट पनि बिनियोजन गरिएको छ । साउन एक गतेदेखि बजेट कार्यन्वयनको चरणमा जानेछ ।

काभ्रेपलाञ्चोक जिल्ला संघीय राजधानी काठमाडौं नजिकको बैकल्पिक शहरी सम्भावनाको जिल्ला हो । यहाँ बनेपा, धुलिखेल, पनौती, नमोबुद्ध, पाँचखाल र मण्डनदेउपुर सहित ६ ओटा नगरपलिका र चौंरीदेउराली, भुम्लु, तेमाल, रोशी, बेथानचोक, महाभाारत र खानीखोला सहित ७ गाउँपालिका रहेका छन् ।

ती १३ तह मध्येको सबैभन्दा पछि अर्थात स्थानीय तहको पुन: संरचना हुने बेला घोषणा भएको नगरपालिका हो “मण्डनदेउपुर” । त्यसैले पनि होला यहाँका राजनैतिक दल र नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले अरु सबै विर्षिएपनि कहिल्यै नविर्षने एउटै शब्दावली छ । त्यो हो जिल्लाकै ‘कान्छो नगरपालिका’ ।

मण्डनदेउपुर भैगोलिक हिसाबले आलौकिक विविधता भएको नगरपालिका हो । नगर र शहरी विकासमा यसले धेरै फड्को मार्न बाँकी छ । यसको क्षेत्रफल शहरी दृश्यावलोकन गर्ने पर्यटकीय नगरी नगरकोटदेखि खोलानालाको दृश्यावलोकन गर्ने बेसीको दोलालघाट छेउ ज्याम्दीसम्म लमतन्न रहेको छ ।

वातावरणीय कुरा गर्ने हो भनेपनि यो एउटा अचम्मकै वातावरण भएको नगरपालिका हो । यहाँको भूगोलमा मजाको जाडोदेखि खपिनसक्नुको गर्मीको अनुभव गर्न सकिन्छ । ज्याम्दी, चण्डेनी, जैसिथोक, कुन्तावेसी, सिपाघाट लगायत मण्डनको बेसी भेगको गर्मी छल्न खोज्ने हो भने जम्मा जम्मी १८ कि.मी.को दूरी भित्र नाल्दुम, नगरकोट, नयाँगाउँ लगायत देउपुर भेगको आनन्दित चिसो महसुश गर्न सकिन्छ ।

एकै साथ कृषि र पर्यटनको क्षेत्रमा प्रचुर काम गर्न सकिने थुप्रै सम्भावनाहरु छन् । नगरकोटमा आएका पर्यटकहरु चाहे ती आन्तरिक हुन् वा बाह्य । तिनलाई नयाँगाउँ र देउपुर भेगको आनन्द लिंदै मण्डनका थानडाँडा सुलिकोट, जितारी पोखरी, मैदानका मनोरम दृश्य, ज्याम्दीको वुद्ध थुम्का, रामपुर र देउराली लगायतका डाँडाहरुमा शयर गराउन सकिन्छ ।

बाह्रै महिना हरियाली हेर्ने हो भनेपनि कुन्ताबेसी, सिपाघाट, जैसिथोक, चण्डेनी बेसी जोगिटार, सान्डीबेसी, ठूल्ठी लगायत ठाउँमा मनोरम हरियालीको कमी छैन । चैत्रमा धान, मकै, असारमा पुनः धान, कार्तिक मंसिरमा आलु यहाँको पूरानो खेती प्रणाली हो । पूरानो खोती बालीको अलावा यहाँका विभिन्न भूगोलहरुमा थुप्रै र विभिन्न खाले तरकारीहरुको समेत उब्जनी हुने गर्दछ ।

यहाँ थुप्रै रमणीय ठउँहरु छन् । मठ मन्दिर र पाटी, पौवाको कुरा गर्ने हो भने यहाँ माई ब्रम्हयणी, उमादेवी माई, कश्यपेश्वर महादेव लगायत मठ मन्दिरहरु रहेका छन् । विगतलाई नियालेर हेर्ने हो भनेपनि यो एउटा काठमाडौं प्रवेश गर्ने महत्वपूर्ण नाकापनि हो । सिन्धुपाल्चोक, दोलखा र कोशीपूर्वका मानिसहरु गैह्रिविसौना हुँदै नगरकोटबाट भक्तपुर र काठमाडौं प्रवेश गर्ने गरेको इतिहास छ ।

यसको ज्वलन्त उदाहरणको रुपमा यस भेगको नर्बन्दा पाटी, गैह्रिविसौना, कुन्तावेसी, हिंगुवापाटी लगायतका ठाउँहरुमा भएको पूरानो पाटी पौवाहरु हुन् । जुन आज नासिँदै र मासिँदै जान थालेका छन् ।

यी र यसखाले थुप्रै कुराहरुको समायोजन हो मण्डनदेउपुर नगरपालिका । त्यति मात्र नभएर हिजोको नयाँगाउँ देउपुर, बालुवापाटी देउपुर र गैह्रिबिसौना देउपुर सहितको ३ देउपुर अनि जैसिथोक मण्डन, महादेवस्थान मण्डन, चण्डेनी मण्डन र ज्याम्दी मण्डन सहितको ४ मण्डनको संगालो पनि हो काभ्रेको मण्डनदेउपुर नगरपालिका ।

यीनै कुराहरुको दीर्घकालिन विकासको लामो सोच र बिचारको नाम हो “मण्डन शहरी पूर्वाधार”। नेपाल सरकारले यस पटक ल्याएको जनपक्षीय बजेटमा काभ्रेका धेरै कुरा र विषय वस्तुहरु समेटिएका छन् । त्यसमध्ये अलिक फरक र नयाँ कुराको रुपमा धेरैले चर्चा गर्दै र चासो राख्दै आएको विषय हो मण्डनदेउपुर भेगको दीर्घकालिन मार्ग चित्र अर्थात “मण्डन शहरी पूर्वाधार”।

अरु धेरै कुराको बाबजुद के चाहिँ पक्कै हो भने काभ्रेको मण्डनदेउपुर सबैभन्दा पछि बनेको नगरपालिका हो । यसो भनिरहँदा जहिल्यै कान्छो भएर विकासले गति लिनपनि त सक्दैन । हामी पछि बनेको नगरपालिका भने निच मारी बस्ने र त्यसैलाई एउटा कारण मानिरहने हो भने विकासचार्हि कहिले हुने भन्ने प्रश्न उठिरहन्छ ।

त्यसैले मण्डनदेउपुरलाई जहिल्यै कान्छो नगरपालिकाको भाषणबाजीबाट माथी उठाउँन यहाँका प्रकृतिक सम्पदा, वन पैदावर, खोलानाला, कृषि योग्य जमिन, पर्यटनको प्रवद्धन, जलचर तथा सिमसारको संरक्षण, पाटीपौवा, वन जंगल र मठमन्दिरको समुचित विकास तथा प्रवर्द्धन, नगर स्तरीय बृहत खानेपानीको कार्यक्रम, खोलानालाको उचित व्यवस्थापन र करिडोर निर्माण गर्नु आवश्यक छ ।

बैकल्पिक सडक मार्गहरु, विभिन्न खालका चिल्ड्रेन तथा मनोरञ्जन पार्कहरु, शहरकिरण वढ्दै जाँदा उत्पन्न हुने ढल व्यवस्थापन, विभिन्न खालका कुहिने र नकुहिने खालका फोहोर मैलाको व्यवथापन र प्रशोधन, सडकहरुको स्तरोन्नती, खानी तथा उत्खनन्जन्य वस्तुको उचित व्यवस्थापन र संरक्षण लगायतका कुराहरुको समुच्चित अध्ययन र त्यसको दीर्घकालिन विकासको फड्कोको नाम हो खास अर्थमा “मण्डन शहरी पूर्वाधार” ।

काभ्रेका अरु नगरपालिकाहरुको तुलनामा पूर्वाधारका हिसाबले धेरै कामहरु गर्न बाँकी रहेको नगरपालिका हो मण्डनदेउपुर । यहाँ भर्खर अस्पताल बन्दै छ । नगरको प्रशासनिक भवन बन्ने क्रममा नै छ । वडा कार्यालयहरुदेखि धेरै कार्यालयहरु भाडामा संचालित छन् । एम्बुलेन्सको पर्यााप्तता छैन ।

डढेलो र आगलाजी जस्ता विकराल समस्या समाधानका लागि दमकलको व्यस्था छैन । नगरमा एकिकृत खालको प्रहरी कार्यालय छैन । एउटा नगरमा ५ तिरको अस्थायी प्रहरी पोष्टमार्फत काम गर्नुपर्ने वातावरण छ । बाटाघाटा वर्षातमा हिलाम्बै र हिंउँदमा धुलाम्मै हुने अवस्था कायमै छ । वर्षै साल त्यहि पूरानै सडकको मर्मत र ग्राभेलका नाममा पैसा राख्ने चलन छ ।

दीर्घकालिन योजना र सोचका साथ कामहरु नगरिंदा विकासे बजेटको खासै प्रभावकारिता देखिन सकिरहेको छैन । असार मसान्त सम्ममा ग्राभेल हुने र भदौ नसकिंदै जस्ताको त्यस्तै हुने दूरावस्था कायमै छ । यस कारणले गर्दा काभ्रेका सबै नगरपालिकाहरुमा भन्दा विल्कुल फरक खालको कार्यक्रम “मण्डन शहरी विकास”को अवधारणा अगाडी सारिएको हो ।

यी सबै खालका कामहरु गर्न एउटै आर्थिक वर्षको सिमित बजेटले सम्भवपनि छैन । जिल्लाकै पूराना नगरपालिकाहरुको सन्दर्भमा कुरा गर्ने हो भनेपनि एक दुई साल अगाडीबाट जम्माजमी ४/५ करोडको बजेटबाट शुरु गरिएका शहरी विकास र पूर्वाधारका कार्यक्रमहरु आज अरबौं र त्यति मात्र नभएर स्मार्ट सिटीको तहमा पुग्न थालेको छ । मण्डनदेउपुरले ठ्याक्कै त्यसलाई जस्ताको त्यस्तै पछ्याउने भन्दापनि यहाँको भूगोल र माटो सुहाउँदो विकासे मर्ग चित्र कोर्न ढिला भैसकेको छ ।

त्यसैले यस आर्थिक वर्षबाट ३ करोड बजेट मार्फत “मण्डन शहरी पूर्वाधार” अन्तर्गत यी सबै विषय वस्तुहरु समेटीे दीर्घकालिन सम्भाब्यता अध्ययनको सशक्त थालनी हुने छ । प्रारम्भिक रुपमा ३/४ करोड मात्र बजेटबाट शुरु गरी आगामी आर्थिक वर्षहरुमा यसको क्षेत्र र दायरा फराकिलो पार्दै ५ देखि १० वर्ष भित्रमा मण्डनदेउपुर नगरपालिकालाई भाषणबाजीको कान्छो नगरपालिकाबाट माथी उठाई हामी काभ्रेका ६ ओटा नगरपालिकाहरु मध्येको एक उदाहरणीय नगरको रूपमा अघि बढ्नेछ ।

“मण्डन शहरी विकास” जस्तो महत्वपूर्ण कार्यक्रम नेपाल सरकारका पूर्व प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्रि माननीय गोकुल बास्कोटाले अघि सार्नुभएको हो । आशा गरौं, बाँस्कोटाले अघि सारेको त्यसखालको मार्ग चित्रमा टेक्दै अगाडी बढ्न सके हामी मण्डनदेउपुर बासीको विकासमा काँचुली फेर्ने छ ।

:- होम चौलागाई

Post Views: 299

Spread the love
    

Facebook Comments

Next Post
कांग्रेस नेता गणेश लामाको रिहाईको माग गर्दै बनेपामा प्र’दर्शन

कांग्रेस नेता गणेश लामाको रिहाईको माग गर्दै बनेपामा प्र'दर्शन

रिहा भए काँग्रेस नेता गणेश लामा

रिहा भए काँग्रेस नेता गणेश लामा

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!