काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ६ मा आर्थिक अवस्था कमजोर भएका घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । आज खाद्यान्न वितरण गरिएको हो ।
कम आय भएका जेष्ट नागरिक, एकल महिला, अशक्त व्यक्ति परिवारलाई मनकारी व्यक्तिहरुको आर्थिक सहयोगमा खाद्यान्न वितरण गरिएको हो । वडा नम्बर ६ मा वडा अध्यक्ष रमामशरण दुलालको समन्वयमा वितरण गरिएको हो ।
गत बर्ष राहत वितरण गर्न सरकारी नीति अनुसार गरिएको भएतापनि यसवर्ष सरकारको तर्फबाट राहत नभएको हुनाले यसवर्ष वडा अध्यक्ष तथा वडा जनप्रतिनिधि र स्थानिय सामाजिक संघ सस्थाको समन्वयमा वितरण गरिएको जागरुक युवा क्लबका अधयक्ष राजकुमार श्रेष्ठ बताउनुभयो ।
वडा ६ को बख्रेलडिहि र दुलालथोकमा ५० घरपरिवारको लागि दानविर खड्का मार्फत उपलब्ध गराईएको राहत तिरण गरिएको हो । तभ्यस्तै ९ घरपरिवारको लागि जनप्रतिनिधिले तर्फबट आर्थिक ब्यवस्था गरी राहत वितरण गरिएको वडाध्यक्ष दुलालले जानकारी दिनुभयो ।
Facebook Comments