Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेका सबै स्थानीय तहले मागे इमेलबाट राय सुझाव

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
काभ्रेका स्थानीय तहका प्रमुखहरु एकपछि अर्को कोरोना भाइरसबाट संक्रमित
Spread the love
    

काभ्रेका सबै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बनाउने योजनाको विषयमा इमेलमार्फत राय, सल्लाह, सुझाव मागेका छन् । सूचना जारी गर्दै स्थानीय तहले इमेलमार्फत आवश्यक सल्लाह सुझाव दिन भनेका हुन् ।

कोरोना भाइरसको जोखिम बढिरहँदा गाउँ घर पुगेर योजना छनौट गर्न सम्भव नभएपछि कतिपय स्थानीय तहले भर्चुअल माध्यमबाट आफ्नो गाउँठाउँका योजनामा बजेट माग गर्न आग्रह गरेका छन् । कतिपय स्थानीय तहले गैरसरकारी संघ संस्थाहरुलाई इमेलमार्फत नै आफ्नो पालिकामा सन्चालन गर्ने कार्यक्रम पठाउन समेत आग्रह गरेका छन् ।

स्थानीय तहले सार्वजनिक गरेका इमेल आइडीमा सरोकारवाला व्यक्ति, निकाय, गैरसरकारी संघसंस्थाहरु, विज्ञले आवश्यक सल्लाह, सुझाव दिन सक्नेछन् । यिनै सल्ला सुझावका आधारमा आगामी आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट तयार गर्ने पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाईले बताउनुभयो ।

जिल्लामा ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका छन् । अहिले जिल्लाका १३ वटै स्थानीय तह आगामी आर्थिक वर्षको लागि नीति कार्यक्रम तथा बजेट निर्माणमा ब्यस्त छन् । असार १० गते भित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट नगर वा गाउँ कार्यपालिका बैठकले स्वीकृत गर्नु पर्ने हुन्छ ।

नगर वा गाउँ कार्यपालिका बैठकले स्वीकृत गरेका नीति कार्यक्रम तथा बजेट असार मसान्तभित्र बस्ने नगर वा गाउँसभाले पारित गरेपछि साउन १ गतेदेखि आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनमा आउँछ । नगर वा गाउँसभाले पारित नगर्दासम्म बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउन नमिल्ने प्रावधान छन् ।

Post Views: 284

Spread the love
    

Facebook Comments

Next Post
रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा सबै उपशाखा र आईसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री प्रदान

रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा सबै उपशाखा र आईसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री प्रदान

पनौतीमा राती ८ बजेपछि पसल खोल्न नपाइने, भोलीदेखि विद्यालय बन्द

तेमाल चुखाकी १४ बर्षीय किशोरीको ल'डेर मृ'त्यु

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!