काभ्रेबाट स्कुटर र मोटरसाइकल चो’री गर्नेलाई सिन्धुपाल्चोक प्र हरीले पक्राउ गरेको छ । प क्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका वडा नम्बर ७ का २० बर्षीय आशिष मिजार रहेको जिल्ला प्र हरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
सिन्धुपाल्चोक प्र हरीले मिजारलाई कारबाहीका लागि जिल्ला प्र हरी कार्यालय काभ्रे पठाईएको छ । मिजारले १७ गते पाँचखाल नगरपालिका वडा नम्बर ३ काफ्लेडोरका लाल प्रसाद गौतमले आफ्नै घर अगाडी पार्किङ गरी राखेको रातो कलेजी रंगको बा.६५ प ७४४७ नम्बरको स्कुटर चो री गरेका थिए ।
त्यस्तै जेठ २४ गते राति मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ का अनिल कर्माचार्यको घरमा पार्किङ गरि राखेको बा.२४ प.३१९ नम्बर को बजाज डिसकभर मोटरसाईकल पनि उनैले चो री गरेको पाईएको छ ।
सिन्धुपाल्चोक प्र हरीले जेठ २५ गते बिहान मेलम्ची नगरपालिका वडा नम्बर ५ भदौरे स्थित बाटो छेउमा रातो कलेजी रंगको बा.६५ प. ७४४७ नम्बरको स्कुटर बेवारिसे अवस्थामा फेला पारेको थियो । सोहि दिन राति मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरमा बा.२४ प.३१९ नम्बरको बजाज डिसकभर मोटर साईकल सहित मिजार प’क्राउ परेका थिए ।
Facebook Comments