काभ्रेमा १३२ जना कोरोना सं क्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका आज एकैदिन यति धेरैले कोरोना भाईरस जितेका हुन् ।
आज काभ्रेको बेथानचोक गाउँपालिकामा ९१ वर्षीय महिलाको होम आईसोलेसनमै मृ त्यु भएको छ ।
जिल्लामा आज ९७ जना थपिएका छन् । थपिने मा सबैभन्दा बढी बनेपा नगरपालिकाका छन् । बनेपा नगरपालिकामा आज १७ जना पुरुष र १० जना महिलामा सं क्रमण पुष्टि भएको हो ।
पनौती नगरपालिकामा १३ जना महिला र १० जना, पुरुष पाँचखाल ३ जना पुरुष, धुलिखेल नगरपालिकामा ४ जना महिला र ३ जना पुरुष, भुम्लु गाउँपालिकामा महिला र पुरुष १/१ जना, चौरीदेउराली गाउँपालिकामा महिला र पुरुष २/२ जना, तेमाल र बेथानचोक गाउँपालिकामा २/२ जना महिला सं क्रमित भएका छन् ।
मण्डनदेउपुर नगरपालिकामा एक जना महिला, खानीखोला गाउँपालिकामा २ जना पुरुष, नमोबुद्ध नगरपालिकामा एकजना पुरुष र एक जना महिला, महाभारत गाउँपालिकामा १६ जना महिला र ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ जनस्वास्थ्य अधिकृत डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।
योसँगै काभ्रेमा सक्रिय सं क्रमितको संख्या १९ सय ४४ पुगेको छ । जसमध्ये अस्पतालकोआईसोलेसनमा १२३ जना र होम आईसोलेसनमा १८ सर २१ जना छन् ।
Facebook Comments