Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

सिन्धुपाल्चोकको यो दृश्य: वृद्धभत्ता लिन स्ट्रेचरमा, बैंकिङ प्रणालीले सास्ती

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
सिन्धुपाल्चोकको यो दृश्य: वृद्धभत्ता लिन स्ट्रेचरमा, बैंकिङ प्रणालीले सास्ती
Spread the love
    

झट्ट यो फोटो हेर्दा लाग्छ एम्बुलेन्स नपाएर बिरामीलाई स्ट्रेचरमा अस्पताल लैजान लागेको जस्तो देखिन्छ । तर यो स्ट्रेचरमा बसेको पीडा अर्कै छ । यो स्ट्रेचरमा हुनुहुन्छ चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर २ की ७८ वर्षीया विष्णुमाया काफ्ले । उनले एक वर्षदेखि भत्ता पाएकी छैनन् । किनकि उनी उठेर बैंकसम्म जान त के बाहिरभित्र पनि गर्न सक्दिनन् । उनको  बायाँ खुट्टा चल्दैन । प्यारालाइसिस भएको झन्डै एक दशक भयो । त्यसयता उनी घरबाट बाहिर गएकी छैनन् ।

वर्ष दिनअघि वडाध्यक्ष दीपेन्द्र थापा आफैँ घरमा पुगेर सरकारले दिने सामाजिक सुरक्षाभत्ता १२ हजार विष्णुमायाको हातमा थमाएर फर्किएका थिए । प्यारालाइसिसले थलिएकी वृद्धा आमाले हातभरि भत्ता पाएपछि खुसीले गदगद भएको क्षण वडाध्यक्ष थापाले सम्झिए । तर नेपाल सरकारले वृद्धभत्ता बैंकबाट दिने घोषणा गरेसँगै अशक्त वृद्धवृद्धालाई सकस भएको छ ।

विष्णुमायाको भत्ता लिन उनको संरक्षक बसेका छोराछोरी पटक–पटक बैंक पुगे । तर, भत्ता नपाएर उसै घर फर्किए । भत्ता पाउने व्यक्ति स्वयंको औँठाछाप बिना बैंकले रकम नदिने नियम रहेछ । हजुरआमालाई स्ट्रेचरमा बोकेर सिन्धु विकास बैंक जलबिरे हिँडेका नाति सुमित काफ्लेले बैंकिङ प्रणाली लागू भएयता अशक्त वृद्धवृद्धाले सास्ती खेप्नुपरेको बताए ।

सामाजिक सुरक्षा भत्तामा लापरबाही भएको थाहा पाएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले बैंकिङ प्रणाली लागू गरेको हो । तर, अशक्त वृद्धवृद्धालाई बैंकिङ प्रणालीले ठूलो सास्ती दिएको पाइएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर २ मा मात्रै १५ वृद्धवृद्धाले आठ महिनादेखि भत्ता पाएका छैनन् । वडा नम्बर २ कै ७५ वर्षीय आइते विकको घरमा कोही छैन । सरकारले दिएको भत्ता आठ महिनादेखि बन्द हुँदा विकले नुन, तेल किन्न पाएका छैनन् ।

हिँडडुल गर्न नसक्ने वृद्धवृद्धालाई संरक्षक बसेका व्यक्ति आएमा रकम दिनु भनेर बैंकलाई ताकेता गरेको वडाध्यक्ष थापाले बताए । तर, बैंकले भत्ता पाउनेको औँठाछाप बिना रकम दिन अस्वीकार गरेको छ । कतिपय वृद्धभत्ताको भरमा बाँचिरहेकाले ठूलो समस्या भएकाे थापाले बताए ।

साभार: नयाँ पत्रिकाबाट

 

Post Views: 243

Spread the love
    

Facebook Comments

Next Post
पाँचखाल-९ का पहरी समुदायलाई अनुदानमा बाख्रा दिईने

पाँचखाल-९ का पहरी समुदायलाई अनुदानमा बाख्रा दिईने

काभ्रेमा सं क्रमितले रक्सी बेचेको खुलसा, १२० लिटर घरेलु मदिरा नष्ट

काभ्रेमा सं क्रमितले रक्सी बेचेको खुलसा, १२० लिटर घरेलु मदिरा नष्ट

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

२७ श्रावण २०७९, शुक्रबार
सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

२७ श्रावण २०७९, शुक्रबार
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!