Tuesday, February 7, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

धुलिखेलमा कोभिशिल्ड खोप दुरूपयोगको अनावश्यक हल्ला किन चलाईयो ?

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज, स्वास्थ्य
धुलिखेल नगरपालिकामा न्यायीक समितिको काम अनिश्चितकालका लागि स्थगन
Spread the love
    

काभ्रेको धुलिखेल नगरपालिकाले कोरोना भाइरस विरुद्धको कोशिसिल्ड खोपको दुरुपयोग गरेको भन्दै अनावश्यक रुपमा हल्ला फिँजाइएको छ । तर यसमा कुनै सत्यता नभएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताउनुभयो । धेरैजसोले यो खोप नगरपालिकाले आफ्ना आफन्तलाई मात्रै दिएको भन्दै सामाजिक सञ्जालमा विरोध गरेका थिए ।

स्वास्थ्य कार्यालय काभ्रेले यसअघि कोभिसिल्ड खोपको पहिलो मात्र लगायतका विशेष समूह तर दोस्रो खोप लगाउन छुटेका व्यक्तिहरुका लागि ३ सय डोज खोप धुलिखेल नगरपालिकालाई उपलब्ध गराएको थियो । स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले यो खोप यसअघि दोस्रो मात्र लगाउन छुटेका जनप्रतिनिधि, प्रहरी, स्वास्थ्यकर्मी र निजामती कर्मचारीका लागि पठाइएको जानकारी दिनुभयो ।

धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केसीले स्वास्थ्य कार्यालय काभ्रेको निर्देशन अनुसार नै कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाइएको दाबी गर्नुभयो । ‘सामाजिक सञ्जालमा जसरी आफन्तहरुलाई मात्रै खोप लगाइयो भनेर हल्ला फिँजाइएको छ, त्यसमा कुनै सत्यता छैन । हामीले नियमविपरीत खोप कसैलाई लगाएका छौं । हाम्रा कोहीपनि आफन्तहरूलाई खोप लगाइएको छैन् । कतिपय हल्लाहरु निराधार छन् । खासगरी शिक्षा क्षेत्रबाट अलि बढी हल्ला फिँजाइएको पाइएको छ, स्वास्थ्य शाखा प्रमुख केसीले भन्नुभयो ।’

यसअघि धुलिखेल नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका सबै शिक्षक-शिक्षिकालाई खोप लगाएको थियो । जसमा ८ सय जना शिक्षक-शिक्षिका छन् । तर दोस्रो डोजको खोप जम्मा ३ सय मात्रै प्राप्त भएको थियो । ती सबै शिक्षक-शिक्षिकालाई लगाउन सम्भव थिएन । उनीहरूको चाहना थियो दोस्रो डोजको खोप आफूहरुले लगाउन पाइयोस् । तर ८ सय जनालाई लगाउनुपर्ने दोस्रो डोजको खोप ३ सय मात्र प्राप्त भयो । ८ सयलाई लगाउनुपर्ने खोज ३ सय लाई मात्रै लगायतको हो भने अझ धेरै विवाद आउने थियो । त्यही भएर नगरपालिकाले योपटक शिक्षक-शिक्षिकालाई नलगाएको हो, स्वास्थ्य शाखा प्रमुख केसीले भन्नुभयो’

कतिपय काठमाडौं बस्ने धुलिखेलका नागरिकले पनि खोप लगाए भन्ने हल्ला छ नि ? ‘हो काठमाडौं बस्ने धुलिखेलका नागरिकहरूलाई कोभिशिल्ड खोपको दोस्रो डोज लगाएका हौँ, काठमाडौंमा उहाँले पहिलो डोज लगाउनुभएको थियो, नि षेधाज्ञा पछि उहाँहरु अहिले धुलिखेलमा आएर बसिरहनुभएको छ । खोपको उपलब्धताको आधारमा हामीले उहाँहरुलाई दोस्रो डोज लगाएका हौँ । यसमा को आफ्नो, को पराई भनेर हेरिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमलाई पूर्णरुपमा पालना गरिएको छ, यदि कुनै व्यक्तिसँग पहिलो डोजको खोप लगाएको कार्ड छ भने उसले देशको जुनसुकै भागमा पुग्दापनि दोस्रो डोजको खोप लगाउन पाउँछन्, हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यो नियमलाई पालना गरेका छौं, धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केसीले भन्नुभयो ।’

स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार जिल्लाका प्रायः नगरपालिकाहरुलाई दोस्रो डोजको कोभिशिल्ड पठाएको छ । ‘देशका विभिन्न भागमा घर भएका तर धुलिखेल नगरपालिकाभित्र जागिरे गर्ने थुप्रै मान्छेहरु हुनुहुन्छ उहाँहरुले यो दोस्रो डोजको खोप लगाउनुभएको हो, कुनै पनि मान्छेलाई छानीछानी दोस्रो डोजको खोप लगाइएको मलाई जानकारी छैन्, जसले पाउनु पर्ने हो, उसैले पाएको छ, डाक्टर झाले भन्नुभयो ।’

 

Post Views: 812

Spread the love
    

Facebook Comments

Next Post
रामेछापको बेथानमा ड’रलाग्दो दु’र्घटना (फोटोहरू)

रामेछापको बेथानमा ड'रलाग्दो दु'र्घटना (फोटोहरू)

मेलम्ची नगरपालिकाले एक नदी र दुई खोला छेउका सर्वसाधारणलाई सचेत गरायो

मेलम्ची नगरपालिकाले एक नदी र दुई खोला छेउका सर्वसाधारणलाई सचेत गरायो

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!