काभ्रेको पनौती नगरपालिका कोरोना भाईरसको दोस्रो लहरबाट सबैभन्दा बढी प्रभावित २० देखि ४९ बर्ष उमेर समुहका ब्यक्ति सं क्रमित भएको पाईएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले दैनिक अध्यावधिक गर्ने तथ्याङ्कले यस्तै देखाउँछ ।
स्वास्थ्य शाखाका अनुसार हालसम्म २० देखि ४९ बर्ष उमेर समुहका ६४४ जना सं क्रमित भएका छन् । जसमा ३४२ जना पुरुष र ३०२ जना महिला छन् । सबैभन्दा कम ० देखि ५ बर्ष उमेर समुहका ७ जना छोरी र ५ जना छोरा गरी १२ जना सं क्रमित भएका छन् ।
त्यसैगरि ६ देखि ९ बर्ष उमेर समुहका ५ जना महिला र १० जना पुरुष गरी १५ जना संक्रमित भएको स्वास्थ्य शाखा प्रमुख पुरूषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो । १० देखि १९ बर्ष उमेर समुहका ५९ जना महिला र ४४ जना पुरुषमा सं क्रमण पुष्टि भएको छ ।
नगरपालिकाभित्र ५० देखि ६५ बर्ष उमेर समुहका ८९ जना पुरुष र ७२ जना र ६५ बर्ष उमेर माथिका ३९ जना पुरुष र २९ महिला सं क्रमित भएका छन् ।
सं क्रमित मध्ये सबैभन्दा बढी ५० देखि ६५ बर्ष माथि उमेर समुहका ४ जना पुरुष र ३ जना महिला गरी सात जनाको मृ त्यु भएको छ । ६५ बर्ष उमेर समुह माथिका ५ जना महिला र १ जना पुरुष तथा २० देखि ४९ बर्ष उमेर समुहका ३ जना पुरुष र २ जना महिलाको मृ त्यु भएको छ । ० देखि १९ बर्ष उमेर समुहका कुनै पनि सं क्रमित भएको छैन् ।
जिल्लामा कोरोना भाईरसको दोस्रो लहर तीव्र गतिमा फैलिएको दोस्रो हप्ता तिर कोरोना संक्रमणको बढी मार खेपेको थियो । तर अहिले नगरपालिकाभित्र सं क्रमणको दर निकै कम छ । मृ तकको संख्या पनि पछिल्ला दिनमा नगन्य मात्र छ ।
पनौती नगरपालिकामा हाल १ हजुर ५ जनामा कोरोना भाईरसको सं क्रमण पुष्टि भएको छ । जस मध्ये ४१४ जना पुरुष र ३६२ जना महिला गरी ७७६ जना निको भैसकेका छन् । स्वास्थ्य शाखा प्रमुख पुरूषोत्तम तिमल्सिनाका अनुसार हाल १०७ जना पुरुष र १०४ जना महिला गरी २११ जनाको उपचार भैरहेको छ ।
Facebook Comments