नेपाल नगरपालिका संघले अन्तरराष्ट्रिय साझेदार संघलाई स्वास्थ्य सामग्री र खोपको लागि पत्राचार गरेको छ । आफ्ना अन्तरराष्ट्रिय साझेदारहरु सँग नेपालकालागि स्वास्थ सम्मग्री र खोपका लागि पत्राचार गरेको संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो ।
स्वास्थ्य सामग्री र खोपको ब्यवस्थापन गर्न प्रधानमन्त्री, राष्ट्रप्रती नै लागिपरेको अवस्थामा खोप सामान्य पहलबाट आउन सक्दैन भन्ने थाहा हुँदा हुँदै आँफै खोप खरिद गर्न चाहने नगरपालिकाका लागि बेलायत, क्यानडा, नेदर्ल्याण्डस र जर्मनीका नगरपालिका संघलाई सहजीकरणका लागि पत्राचार गरिएको अध्यक्ष ब्याञ्जुले बताउनुभयो ।
अध्यक्ष ब्याञ्जुका अनुसार युरोपियन युनियन, अमेरिका, नर्वेजियन, स्विस लगायत नेपाल स्थित दूतावाससँग खोप र स्वास्थ्य सामग्री किन्न तयार रहेका नेपालका नगरपालिकाहरूलाई सहयोग गर्न नेपाल नगरपालिका संघ पत्राचार गरेको हो ।
पछिल्लो समय केहि नगरपालिका तथा गाउँपालिकाहरूले कोरोना भाईरस विरूद्धको खोप आफै किन्ने भन्दै स्वास्थ्य तथा जनसंख्यामा स्वीकृती माग गर्दै पत्र पठाएका छन् । मन्त्रालयणा यसरी पत्र पठाउने नगरपालिका र गाउँपालिकाको संख्या निकै बढेको छ । नेपाल नगरपालिका संघले यसअघि खोप किन्न स्वीकृती माग्ने नगरपालिका र गाउँपालिकाहरू प्रक्रिया पुरा गरेर अनुमति दिन समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको थियो ।
Facebook Comments