काभ्रेको बनेपा नगरपालिकाले दुई साता लामो शिल हटाएपछि जिल्ला भर चहलपहल बढेको छ । पूर्ण रुपमा बन्द रहेको बनेपा बजार नगरपालिकाले शिल हटाएपछि साविकै अवस्थामा फर्किएको छ ।
किनमेल गर्नेको घुइँचो छ । गाउँ देखि बनेपाको आवात जावात पुनः सुरु भएको छ । बनेपाबाट खाद्यान्न, कृषि र पशुपन्छी जन्य सामग्री लिएर गाउँ गाउँ पुग्ने सवारी साधन राजमार्गमा प्रशस्तै चल्न थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय र बनेपा नगरपालिकाले अत्यावश्यक वस्तु भित्र पर्ने पसल ब्यवसाय मात्रै खोल्न पाईने भनेका छन् तर बनेपामा सबै प्रकारका पसल ब्यवसाय निर्वाध रुपमा खुलेका छन् ।गाउँ र बनेपाबीच टुटेको सम्पर्क पुनः स्थापित भएको छ । बनेपाको दुई वटै तरकारी बजारमा किसानहरूले तरकारी ल्याएर बेच्न सुरू गरेका छन् । शिल अवधिमा अस्पताल र औषधी जन्य पसल बाहेक अन्य सबै पसल ब्यवसाय बन्द थियो ।
रासन लिन बनेपा आउने सवारी साधनमा मानिसहरूको आउजाउ पनि निकै बढेको छ । जसले फेरी पनि कोरोना भाइरसको सं क्रमण बढ्ने चिन्ता चिकित्सकहरूले गरेका छन् । स्वास्थ्य सावधानी नपनाउने र यसैगरी चहलपहल बढ्ने हो बने पुनः पहिलेकै अवस्थामा सं क्रमणको संख्या पुग्ने उनीहरूले चेतावनी दिएका छन् ।बनेपाको शिल हट्ने बित्तिकै धुलिखेल र पाँचखाल नगरपालिकामा स्वतः बजार पसल खुले । पनौतीमा चहलपहल ह्वात्तै बढ्यो । जबकी धुलिखेल र पाँचखाल नगरपालिकामा शिल कायमै छ । प्रशासनको नि षेधाज्ञा भन्दा पनि बनेपाको शिल बढी प्रभावकारी बनेको थियो । सायदै बनेपा पहिलो पटक होला शिल अवधिमा निकै सुनसान बनेको थियो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको नि षेधाज्ञाले बनेपालाई अहिले पनि छोएको छैन् ।
चल्न थाल्यो टिपर
काभ्रेको बनेपा नगरपालिकाले आफ्नो दुई साता लामो शिल हटाएपछि टिपर चल्न थालेको छ । अरनिको र बीपी राजमार्ग पनि टिपर चल्न पुनः सुरू गरेको हो ।बनेपा नगरपालिकाले जेठ ७ गरेदेखि लगाएको शिल जेठ १८ गतेदेखि हटाएको थियो । धुलिखेल र पाँचखाल नगरपालिकामा शिल कायमै छ तर टिपर निर्वाधरुपमा चलेका छन् । बनेपा शिल हुने वित्तिकै काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले सवारी साधन गुड्ने र क्रसर उद्योग सञ्चालन रहेका स्थानीय तहमा शिल रहेको भन्दै प्र हरीलाई टिपर नचलाउन निर्देशन दिनुभएको थियो ।
प्रशासन कार्यालयले जेठ ३१ गतेसम्म नि षेधाज्ञा लम्ब्याएको छ । निर्माण सामग्री बोक्ने सवारी साधन चल्ने समय राति ९ बजेदेखि विहान ५ बजेसम्म तोकेको छ । बागमती टिपर ब्यवसायी संघका अध्यक्ष प्रेम लामाका अनुसार कोटेश्वर पूर्व मात्रै दैनिक १६ सय टिपर गुड्ने गर्छन् ।
काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र दोलखा जिल्लाबाट समेत निर्माण सामग्री लिएर टिपर राजधानी प्रवेश गर्ने गरेका छन् । टिपर चलेसंगै जिल्लामा थप चहलपहल बढेको छ । राजमार्ग छेउछाउका टहराहरूमा ब्यापार हुन थालको छ ।
Facebook Comments