Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बनेपामा नि षेधाज्ञाको एक महिनापछि बजार अनुगमन: झारो टार्ने, ब्यापारी फकाउने !

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
बनेपामा नि षेधाज्ञाको एक महिनापछि बजार अनुगमन: झारो टार्ने, ब्यापारी फकाउने !
Spread the love
    

काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार नेतृत्वको एक टोलीले आज बिहानै जिल्लामा नि षेधाज्ञा जारी भएको ठ्याकै एक महिना बितेपछि बनेपामा बजार अनुगमन गरेको छ । ढिलै भएपनि बजार अनुगमन हुनु राम्रै मानिदिनु त पर्यो । तर बनेपा जस्तो ठूलो बजारमा यस्तो एक दुई वटा पसल अनुगमन गर्नु भनेको झारो टार्ने काम बाहेक अरू केहि होईन ।

सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले नेतृत्व गरेको अनुगमन टोलीमा जिल्ला प्र हरी कार्यालय डिएसपी हरि खतिवडा, सशस्त्र प्र हरी बलको टोली, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख डिएसपी अरुण कार्की, ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोईराला, बनेपा नगरपालिकाका अधिकृत ध्रुव नेपाल, काभ्रे उद्योग बाणिज्य संघका महासचिव रविन्द्र बैदार सामेल हुनुहुन्थ्यो । यो टोली चाँदनीको चोकदेखि तरकारी बजारसम्म अरनिको राजमार्ग दायाँ बायाँ खुलेका पसलको अनुगमन गरेको थियो ।अहिले बजार अनुगमन गर्ने समेतको अधिकार सम्बन्धीत स्थानीय तहलाई दिएको छ । स्थानीय तहका उपप्रमुख र उपाध्यक्ष बजार अनुगमन समितिको पनि संयोजक हुन्छन् । त्यसमा कुन क्षेत्रको पसल अनुगमन गर्ने हो, त्यो संग सम्बन्धित जानकार ब्यक्तिलाई राखिन्छ । घरेलु तथा साना उद्योग कार्यालयलाई पनि बजार अनुगमन समितिका संयोजकले आवश्यकता अनुसार सहभागी गराउन सक्छन् ।

तर आजको बजार अनुगमनमा न त स्थानीय तहका जनप्रतिनिधि कोहि छन् । न घरेलु तथा साना उद्योग कार्यालयका नै । केबल प्रशासन कार्यालय आफु उपस्थित देखाउँदैमा यसको खास अर्थ हुँदैन । अझ संवाददाताहरूसँग सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले बढी मुल्य सामान बिक्री भैरहेको उपभोक्ताले गुनासो गरेपछि बजार अनुगमनमा आएको बताउनुभयो ।यसको मतलव के सबै उपभोक्ताले आफु ठगिएको गुनासो प्र हरी र प्रशासनमा गरेपछि मात्रै बजार अनुगमन हुन्छ हो ? बजार अनुगमन नियमित हुनु पर्छ । कोहि उपभोक्ताले ठगिएँ भनेर गुनासो गरेपछि अनुगमन गर्ने होईन । किन भने सबै उपभोक्ताको प्र हरी र प्रशासनसँग हुनै सक्दैन ।

बनेपा नगरपालिकाले बजार अनुगमन हत्तपत्त गर्दै गर्दैन् । त्यत्रो ठूलो बजारमा अघिल्लो पटकको लकडाउनमा पनि नगरपालिकाले कुनै प्रभावकारी अनुगमन गर्नै सकेन् । बरू धुलिखेल नगरपालिकाले खाद्यान्न र मेडिकल पसलहरूको अनुगमन गरेर कडाइका साथ बढी मुल्य लिने ब्यापारीहरूलाई जरिवाना तिराएको थियो ।

अनुगमन टोली सँगै थिएन् मुल्य सूची

उपभोक्ता ठगिएर भनेर बजार अनुगमन गर्न गएकै टोलीसँग मुल्य सूची छैन् । अनि कसरी ठगिएको पत्ता लाग्छ ? यो त सरासर जनता झुक्याउने, ब्यापारी फकाउने जस्तो देखिएन् र ? यदि अनुगमन टोलीसँगै कुन बस्तुको कति मुल्य भनेर निर्धारण गरेको चेकलिस्ट हुँदैन भने बजार मुल्य कति हो । ब्यापारिले कतिमा बेचिरहेका छन् भनेर थाहा पाउने कसरी ?

उपभोक्ता ठगिएको गुनासो आयो । तपाईले यति भन्दा बढीमा बेच्न पाउनु हुँदैन भनेर हचुवाको भरमा कसरी भन्ने ? बनेपाका ब्यवसायीका लागि उद्योग वाणिज्य संघ काभ्रेले मुल्य निर्धारण गर्दै आएको छ । तर संघका महासचिव रविन्द्र बैदारका अनुसार नि षेधाज्ञा सुरू हुनुभन्दा अघि बैशाखको १५/१६ गतितिर संघले मुल्य सूची जारी गरे थियो । त्यस यता मुल्य सूची जारी गराएको छैन् ।बैशाख १९ गतेदेखि काभ्रे जिल्ला भर नि षेधाज्ञा छ । प्रशासन कार्यालय यो जेठ महिना पुरै नि षेधाज्ञा थपिसकेको छ । बनेपाका दुई साता लामो शिल जेठ १८ गतेदेखि खोलिएको छ । ‘आजको अनुगमन खास गरी शिल हटेपछि र नि षेधाज्ञाको समयमा ब्यापारीहरूले पसल खोल्दा स्वास्थ्य सुरक्षाका मापदण्ड कत्तिको अपनाएका छन्, के कस्तो पसल ब्यवसाय खुलेका छन् र बढी मुल्य लिएका छन् कि छैन भनेर हेरिएको हो, उद्योग वाणिज्य संघ काभ्रेका महासचिव बैदारले भन्नुभयो ।’

बनेपा काभ्रे जिल्लाको मात्रै होईन राजधानी पूर्वकै मुख्य ब्यापारीक केन्द्र हो । यहाँका अधिकांश खाद्यान्न पसलको भाउ फरक फरक पाईन्छ । खुद्रा होस् वा होलसेल पसलैपिच्छे फरक फरक मुल्यमा सामान पनि बिक्री हुने गरेको छ । अनुगमन टोलीले राजमार्गको दायाँ बायाँ मात्रै पसल चाहारेर खास प्रतिफल पाईदैन । यहि टोली बनेपा शिल हुनु अघि पनि बजार अनुगमन गरेको थियो ।

Post Views: 426

Spread the love
    

Facebook Comments

Next Post
के धुलिखेलमा शिल हटेकै हो ? प्र’हरीकै अगाडि पसल खुल्ला

बनेपाको शिल हटेपछि जिल्ला भर ह्वात्तै बढ्यो चहलपहल !

काभ्रेका स्थानीय तहका प्रमुखहरु एकपछि अर्को कोरोना भाइरसबाट संक्रमित

काभ्रेको पाँचखाल धेरै सं क्रमित, अरू पालिकामा कति छन् ?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!