धुलिखेल नगरपालिकाले जारी गरेको शिल भोली २२ गते राति १२ बजेदेखि मात्रै सकिन्छ । अहिलेसम्म नगरपालिकाले शिल खोलेको औपचारिक जानकारी गरेको छैन् ।तर बजार, पसल पूर्ण रुपमा खुलेका छन् । प्र हरीकै अगाडि नगरपालिकाले जारी गरेको नियम उल्लङ्घन भैरहेको छ ।
शिल अवधिमा अस्पताल र औषधी जन्य पसल बाहेक अन्य कुनै पनि पसल खुल्ला नगर्न नगरपालिकाले भनेको छ ।
तर नगरपालिकाको आदेशको धज्जी उडाउँदै सबै प्रकारका पसल ब्यवसाय खुलेका छन् ।
शिल अवधिमा निजी तथा सार्वजनिक सावरी साधन चलाउन पाईदैन । तर धुलिखेलमा सार्वजनिक बाहेकका सबै सवारी साधन चालेको छ । नगरपालिका र प्रशासनले केहि गर्न सकेको छैन ।
Facebook Comments