सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ डडुवा युवाहरूले गाउँमा कोरोना पछि समस्यामा परेका घर परिवारलाई सहयोग जारी राखेका छन् । डडुवा युवा समाजमा आबद्ध युवाहरूको सक्रियता गाउँमा लोभ लाग्दो छ ।
वडामा कोरोना सं क्रमित ३२ जनालाई प्रती ब्यक्ति मास्क २० पिस, सेनिटाइजर १ पिस, साबुन १ पिस, भिटामिन सि, भिटामिन डि र सिटामोल वितरण गरेका छन् । प्रत्येक टोललाई १ थान थर्ममिटर र वडाका सबैलाई पुग्ने गरि मास्क प्रदान गरिएकोअभियन्ता सगुन श्रेष्ठले बताउनु बताउनुभयो ।युवाहरू सं क्रमित को घर-घर मै पुग्छन् । नआत्तिनु आग्रह गर्छन् । स्वास्थ्य थप समस्या भए आफुहरूलाई खबर गर्न अनुरोध गर्छन् । सं क्रमितलाई होम आइसोलेसन कीट प्रदान प्रदान गर्छन् ।
डडुवा युवा समाजले साँगाचोक प्र हरी चौकीलाई मास्क ५ सय पिस, सेनिटाइजर ५ लिटरको १ जर्किन, सानो सेनिटाइजर ८ पिस, फेस शिल्ड ८ पिस, अक्सिमिटर १ पिस, थर्ममिटर १ पिस, ह्यान्ड ग्लोभ्स १ बट्टा प्रदान गरेको छ ।त्यस्तै गाउँको कोरोना सं क्रमितलाई सवारी साधनको नि:शुल्क सहयोग गरिरहनु भएकका रबिन्द्र सापकोटालाई १ सेट पीपीई , सेनिटाइजर २ पिस, फेस शिल्ड १ पिस, ह्यान्ड ग्लोभ्स ५० पिस मास्क प्रदान गरिएको अभियान्ता सरोज बोहराले जानकारी भयो ।
डडुवा युवा समाजले कोरोना कहरका कारण खाद्य संकट झेलिरहेका ८४ घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । एकल, मजदुर र आर्थिक रुपमा कमजोर ) समुदायका घरपरिवारलाई खाद्यान्न प्रदान गरिएको अभियान्ता बोहराले बताउनुभयो ।
Facebook Comments