अहिले काभ्रेको मण्डनदेपुर नगरपालिकाले निर्माण गरेको कुन्ताबेसी-नगरकोट सडकको भासिएको पिजमा सिमेन्ट दलेको फोटो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती पारिएको छ । सामान्य मान्छेले झट्ट हेर्दा नयाँ पिजमा सिमेन्टको लेपन लगाएको जो कोहिलाई पनि चित्त बुझ्दैन ।
सामाजिक सञ्जालमा नगरपालिकाको वडा नम्बर ८ ढाईटारमा भासिएको सडकमा सिमेन्टको लेपन लगाईएको फोटोलाई नगरपालिकाले मर्मत गरेको जसरी ब्याख्या गरिएको छ । तर यो मर्मत गरिएको भने होईन । यसमा सिमेन्टको लेपन चाहिँ लगाईएकै हो । यसलाई ईन्जिनियरहरू मर्मत पूर्व थप क्ष ति हुन नदिन गरिने सुरक्षा अर्थात् ‘प्रोटेक्सन’ भन्छन् ।
सिमेन्टको लेपन लगाउनु मर्मत पूर्व थप क्ष ति हुन नदिन गरिने सुरक्षाको उपाय मात्रै भएको सोहि सडक हेर्ने ईन्जिनियर बिक्रम थापा बताउनु हुन्छ । ‘यो भासिएको ठाउँबाट पानी भित्र नछिरोस् र थप क्ष ति नहोस् भनेर मर्मत गर्नु पूर्व गरिने सुरक्षाको उपाय हो, भासिएको ठाउँबाट पानी भित्र छिर्यो भने तलसम्मै बढी नोक्सानी हुन्छ, त्यहि भएर सिमेन्ट दलिएको, अर्थात् ‘प्रोटेक्सन’ हो ‘मेन्टिनेन्स्’ होईन, ईन्जिनियर थापाले भन्नुभयो ।’
यो कुन्ताबेसी-नगरकोट सडकको दोस्रो खण्ड हो । यो सडक बन्दना भगवती, कामाख्या र देव एण्ड सायर निर्माण कम्पनीले पिच गरेका हुन् । पिचको काम बैशाख महिनामा सकिएको थियो । ३ किलो मिटर सडक पिच गर्न प्रदेश सरकार र नगरपालिकाको आधा आधा लगानी गरेका छन् । ४ करोड रूपैयाँमा ठेक्का लागेको थियो । यो सकडको पहिलो खण्ड भने ठेक्का लागिसके पनि ठेकेदारले काम नगरेपछि रोकिए छ ।
अहिले भासिएको ठाउँमा फिलिङ माटो थियो । बर्षाले सजिलै भसाईदियो । ईन्जिनियरहरूले यसलाई एच क्याक्रिङ भएको भनेका छन् । भासिएको ठाउँमा चिप हाल्न मिल्दैन । भासिएको क्षेत्रलाई स्थायी रूपमै मर्मत गरिने ईन्जिनियर थापाले बताउनुभयो । ‘अब भासिएकॅ क्षेत्रमा तलबाटै बलियो बनाएपछि मात्रै चिप हालिन्छ, अहिल्यैको अवस्थामा पिच हाल्न मिल्दैन इन्जिनियर थापाले भन्नुभयो ‘मर्मतको काम छिट्टै सुरु हुन्छ ।’
ठेक्का लाग्ने बेलैमा निर्माण कम्पनीसँग निर्माण पुरा भएको १२ महिना सम्म मर्मत गर्ने गरि सम्झौता गरिएको हुन्छ । ‘काम सकिएको १२ महिनासम्म ठेकादार कम्पनीले नै मर्मत गर्ने गरी पैसा सुरू छुट्याएको हुन्छ, कोरोनाले गर्दा तत्काल पुग्न समस्या भएको हो, भाँसिएको सडक त्यतिकै छोडिदैन, मर्मत हुन्छ, नगरपालिकाका अर्का ईन्जिनियर निर्मल गौतमले भन्नुभयो ।’
नगरपालिकाका ईन्जिनियर पनि कोरोना सं क्रमित भएर होम आईसोलेसनमा बस्नु परेका कारण तत्कालै अनुगमनमा जान नसकिएको हो । ‘उपप्रमुख एंव योजना अनुगमन समितिका संयोजक ज्यूलाई पनि जानकारी गराईसकेको छु, सकेसम्म भोली नै हामी अनुगमनमा जान्छौ, ईन्जिनियर गौतमले भन्नुभयो ।’
स्थानीय युवाहरूले भने सडक निर्माण हुँदा नै अहिले भासिएको ठाउँमा पछि समस्या आउँछ, पिच नहाल्दै बलियो बनाउन दिएको सुझाव नमान्दा यस्तो अवस्था आएको बताएका छन् । युवाहरूले वाल नलगाएर माथिबाट माटो मातै फिलिङ गर्दा अहिले भासिएको बताएका छन् । ईन्जिनियरहरू पनि त्यो कुरा स्वीकार गर्छन् ।
Facebook Comments