तपाई बनेपा र त्यस आसपास बस्नु हुन्छ ? कोठामा चामल, दाल, नुन, तेल, चिनी, चियापत्ती सकिएर किन्न नसक्ने अवस्थामा हुनुहुन्छ ? वा कोठा भाडा तिर्न समस्या परिहरेको त छैन् ? अनि दीर्घ रोगी हुनुहुन्छ र औषधी किन्ने पैसा पो छैन कि । यस्तै समस्यामा तपाई हुनुहुन्छ भने ९८५१०८४५३२ नम्बरमा फोन गर्नुस् ।
यो नम्बर बनेपाका रत्न कुश रञ्जिकारको हो । यो नम्बरमा फोन गर्दा पैसा त लाग्छ तर तपाईले आफुलाई चाहिने धेरै कुरा नि: शुल्क पाउनु हुने छ । अघिल्लो बर्ष आफ्नै गाडीमा राजमार्गमा अलपत्र परेका यात्रुलाई खाना पुर्याउनु भएका उहाँले यो पटक आफ्नै घरबाट समस्यामा परेका परिवारलाई सहयोग गर्न थाल्न भएको छ ।
को भिडका कारण दैनिक छाक टार्नै समस्या परेका, औषधी किन्न पैसा नभएका र कोठा भाडा तिर्न समस्या परेका ब्यक्ति र परिवार जो कोहिले बिना हिच्किचाहट फोन गर्न सक्नुहुनेछ । एउटा ख्याल गर्नै पर्ने कुरा चाहिँ के हो भने यो सेवा बनेपाका स्थायी नागरिकलाई मात्रै होईन । हिमाल, पहाड, तराई जुन सुकै ठाउँको भएपनि समस्यामा परेको चाहिँ हुनु पर्यो । तपाईले चाहेको बेला यो सेवा लिन सक्नुहुनेछ ।
कोठा भाडा तिर्न समस्या छ भने जम्मा कोठा भाडाको आधा खर्च रञ्जितकारले बेहोर्नु हुन्छ । तपाईको परिवार संख्या हेरेर एक महिनालाई पुग्ने चामल, दाल, नुन, चिनी, चियापत्ती, मस्यौरा जस्ता चिज तपाईले नि:शुल्क पाउनुहुन्छ । अनि दम, सुगर, प्रेसर जस्ता दीर्घ रोगको औषधी सकिएको छ भनेपनि नि:शुल्क पाउनु हुनेछ ।
उहाँले पहिलो चरणमा ५ सय परिवारलाई सेवा दिने योजना बनाउनु भएको छ । सबै कुरा वास्तविकता बुझेरमात्रै दिने गरेको रञ्जितकारले बताउनुभयो । ‘आज मात्रै पनि घर जग्गा पर्याप्त हुने घरधनीले फोन गरेर आउनुभयो, ५/७ जनालाई त मैले त्यत्तिकै फर्काईदिए, किन भने यो सहयोग छाक टार्नै समस्या खेपिरहेकाको लागि मात्रै हो, अघिल्लो साल आफ्नै गाडीमा अलपत्र पैदल यात्रुका लागि ठाउँ ठाउँमा खाना पुर्याएर सेवा गरे, यो पटक चाहिँ मेरो घरसम्म आउनु पर्ने भयो, रञ्जितकारले भन्नुभयो ।’
Facebook Comments