धुलिखेल नगरपालिकाले कोरोना सं क्रमणबाट नि धन भएका घरपरिवारलाई १५ हजार रूपियाँ आर्थिक सहायता प्रदान गर्ने भएको छ । आज बसेको नगर कार्यपालिकाको ४३ औ बैठकले यस्तो निर्णय गरेको नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले को भिडबाट नि धन भएका परिवारलाई दाह संस्कार गर्न १५ हजार आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले नगरपालिकाभित्र कार्यरत स्वास्थ्य कर्मचारीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने पनि निर्णय गरेको नगर ब्याञ्जुले बताउनुभयो ।
बैठकले आइसोलेसनमा काम गर्ने कर्मचारीलाई उसले काईपाएको तलबमा दैनिक १ सय प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाले अक्सिजन सहितको ५० बेड क्षमताको आइसोलेसन सञ्चालनमा ल्याएको छ ।
नगरबासीका लागि दुईवटा एम्बुलेन्स मार्फत नगरपालिकाले नि:शुल्क सेवा दिईरहेको छ । नगरपालिकाले एक करोडको को भिड कोष नै स्थापना गरेको छ । नगरपालिकाले आफ्नै १ हजार ५ सय जनाको स्वाब संकलन गरि परीक्षण गरिसकेको छ भने थप १ हजार ५ सय जनाको पनि नि:शुल्क पीसीआर परीक्षण गरिने नगरप्रमुख ब्याञ्जुले बताउनुभयो ।
Facebook Comments