कोरोना भाइरसको दोस्रो भेरियन्ट आएपछि गाँउबाट शहरमा कोठा भाडा लिएर बस्ने विद्यार्थी, ज्याला मजदुरी गर्ने कामदारहरु प्रत्यक्ष्य मारमा छन् । यस्तै समस्या काभ्रेको मुख्य ब्यापारीक केन्द्र बनेपामा कोठा भाडामा लिएर बसेका नागरिकले पनि खेपी रहेका छन् ।
पहिले गरेको काम छुटेको छ । नयाँ काम खोज्न जाउँ सबै ठप्प । न काम, न दाम । छाकै टार्न समेत धौधौ परेको श्रमिक वर्गलाई । काम नभए पनि महिना त बिति हाल्छ । घरबेटी महिना सकिएको भोलिपल्टै आईहाल्छ ढोका ढकढक्याउन । सबै घरबेटी बुझ्ने हुँदैन ।
तर जसले दुःख भोगेको हुन्छ । उसले अरूको पनि दुःख बुझ्छ । यस्तै दुःख भोग्नेलाई साथ दिने मध्येका एक हुन बनेपा नयाँबस्तीका विकाश लामा (बिपिन) । बिपिनले आफ्नो घरमा बस्नेहरू सबैको एक महिनाको घरभाडा मिनाहा गरेका छन् ।’अहिले काम पाउन मुस्किल छ, काम भए कोठा भाडा दिनलाई सजिलै हुन्थ्यो, अहिलेलाई एक महिनाको मात्रै मिनाहा गरेको छु, यो अवस्था अझै लम्बिन सक्छ । जबसम्म बन्द रहन्छ त्यतिबेलासम्म कोठा भाडा नलिने बचन भाडामा बस्नेहरुलाई दिएको छु, बिपिनले भन्नुभयो ।’
आफ्नो पनि त आम्दानीको स्रोत छैन् भन्ने लागेर भाडा माग्न गएको उनीहरूको दुःख र आफूले पहिले भोगेको दुःख सम्झिँदा आफैलाई दु:ख लाग्यो अनि भाडा नलिने निर्णय गरेको विपिनको भनाइ छ । महाभारत गाउँपालिका वडा नम्बर २ सोक्तेल स्थायी घर भइ हाल बनेपा नयाँ बस्ती बस्दै आएका विकासले आफ्नो घरको कोठामा बस्दै आएका १० कोठाको भाडा मिनाहा गर्नु भएको हो ।
यो विपदमा विपिनले घर भाडा छुट गरेर जिल्लामै उदारणीय काम गर्नुभएको छ । पाँच बर्ष विदेश बसेर कमाएको पैसाले बनेपा नयाँ बस्तीमा घर बनाउनु भएको हो । विपिनलाई झट्ट हेर्दा सबथोक पुगेको । सम्पन्न ब्यक्ति । कुनै धनाढ्य परिवारकाे मान्छेझैँ जस्तो लाग्न सक्छ । तर उहाँ त्यस्तो देखिए पनि आफ्नो पौरख, पसिना र मेहिनेतमा विश्वास गर्ने ब्यक्ति हुनुहुन्छ ।
‘जिन्दगीको परिभाषा पनि फरक-फरक हुन्छ। तर म जन्मिएको, मेरा पूर्खा हुर्किएको, मेरा बा-आमा हुर्किएको मेरो पूरानो गाउँको छिमेकी जस्तो कोही भेट्दिन्। एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्नुको एक मुख्य कारण सुखको खोजि हो। सुखको खोजीमा सन्तुष्टी कहिँ भेटिएन् । आज त्यहिँ फर्किन मन छ जहाँ मेरो बालापन बित्यो ।’
Facebook Comments