Tuesday, August 9, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा माधव समूहका युवा, विद्यार्थी दुःखी गरिबको घर घरमा सेवा दिँदै

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, समाज
काभ्रेमा माधव समूहका युवा, विद्यार्थी दुःखी गरिबको घर घरमा सेवा दिँदै
Spread the love
    

काभ्रेमा प्रधानमन्त्री केपी शर्मा ओली निकटका यूवा, विद्यार्थी संगठन यो संकटको बेला लगभग गुमनाम जस्तै बन्न पुगेको छ । तर माधव नेपाल समूहका युवा, विद्यार्थी भने धेरै दुःखी गरिबको साहारा बनिरहेका छन् ।

जिल्लामा बैशाख १९ गतेदेखि नि षेधाज्ञा छ । ६ वटै नगरपालिका शिल गरिएको छ । बजार सामान्य अबस्थामा हुँदा त दैनिक छाक टार्न समस्या पर्ने घर परिवार यति लामो समयसम्म बजार, कलकारखाना बन्द भएपछि उनीहरूको दैनिकी कसरी बितेको होला ? एकैछिन अनुमान गरौँ त ।

यस्तो परिवारका लागि यो पटक जिल्लाका सबै नगरपालिका अनुदार देखिएका छन् । अर्थात् ‘पर्ख र हेर’ को अवस्थामा छन् । घर बाहिर नहिड्न स्थानीय तहको उर्दी छ । घरमा खाने अन्न छैन । गर्ने कसो ? ठूला मान्छे त एक छाक मात्रै खाएर भएपनि भोकलाई पर सार्न सक्लान् तर स साना बालबच्चाको पेटले मान्दैनन् ।हुन त यस्ता विपदमा सामान्य नागरिक नै बढी मारमा पर्छन् । उनीहरूसँग जोहो गरि राख्न पैसा हुँदैन् । साहुले उधारो पत्याउँदैन् । यो परिस्थितिमा साहारा दिने त कोहि चाहिँयो ! सरकार समर्थक अर्थात् ओली समूहका युवा विद्यार्थीलाई अरूले जस्तै चामलको बोरा बोक्न, स्वास्थ्य सामग्री लिएर हिँड्न लाज लागेकै हो त ?

कि दैनिक ज्यालादारी गरी बस्ने बनेपा, धुलिखेल, पनौती, नमोबुद्ध लगायतका नगरपालिकाका जनप्रतिनिधि हाम्रै समूहका हुन भनेर चुप बसेको ? युवा, विद्यार्थीलाई चामलको बोरा बोक्न लाज नै लागेको हो भने ओली समूहका जनप्रतिनिधि भएका स्थानीय तहले भोका पेटको लागि के योजना बनाएका छन् कहिल्यै सोध्नु भएको छ ?

हुन् त यो विपत्ति भुकम्प जस्तो छैन् । एकले अर्कोलाई टाढै राख्नु पर्ने अवस्था छ । तर यसो भन्दैमा गर्न सक्ने सहयोग पनि गर्न पाईदैन भन्ने होईन । माधव नेपाल समूहको युवा, विद्यार्थीले गरेको काम साच्चै प्रशंसा योग्य छ ।

ओली समूहका युवा, विद्यार्थीहरू, यदि फुर्सद छ भने एकदुई पटक माधव समूहका युवा विद्यार्थीले राहत बाँडेको ठाउँमा पुग्नुस् । उनीहरूले स्वास्थ्य सावधानी कसरी अपनाएर दुःखमा परेका, छाक टार्नै हम्मे हम्मे परेका परिवारलाई सहयोग गर्छन्, सिक्नुस् । राम्रो कुरा सिक्नलाई कुनै समूहको बन्धनले छेक्दैन ।

काभ्रेमा माधव समूहमा खाद्यान्नको जिम्मेवारी युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाह र स्वास्थ्य सामग्रीको जिम्मेवारी अनेरास्ववियू काभ्रेका जिल्ला अध्यक्ष बदन भण्डारीले गरिरहनु भएको छ । युवा संघ काभ्रेले औपचारिक रूपमै जिल्लाभर छाक टार्न समस्या झेलिरहेका घरपरिवारलाई खाद्यान्न सहयोग गर्ने निर्णय गरेको छ ।छाक टार्न समस्या झेलिरहेका ब्यक्तिहरूले फोन गर्न नम्बर समेत सार्वजनिक गरेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफु र आफ्नो टोलमा परेको समस्या पोष्ट गर्छन । त्यसैबाट पनि युवा संघले सूचना लिन्छ । जनप्रतिनिधि, पत्रकार, नागरिक समाजका प्रतिनिधिले पनि समस्यामा परेको कुरा युवा संघलाई भन्छन् ।यी नै सूचनाको आधारमा युवाहरू छलफल गर्छन् । युवाहरूले एउटा विधि बनाएका छन् । वास्तविक पिडित हो की होईन क्रस चेक गर्छन् । अनि गाडीमा चालमको बोरा, दाल, तेल, नुन राख्छन् । र सम्बन्धित ब्यक्तिको घरैमा पुग्छन् । ‘सित्तैमा पाईने त हो भनेर हुनेखाने वर्ग पनि राहत लिन आउने गरेको पाएका छौँ, त्यहि भएर सुरूमा उनीहरूको अवस्था राम्रोसँग बुझ्छौ, यो छाक टार्नै समस्या परेका परिवारका लागि मात्रै हो, कोहि पनि यो नि षेधाज्ञाका कारण भोकै नबसुन भनेर हो, खाद्यान्न सहयोगको अगुवाइ गरि रहनु भएका केन्द्रित सचिव भेषराज शाहले भन्नुभयो ।’

के लोकप्रियता कमाउन हो ?

होईन । किन भने यो मानवीय धर्म हो । जिल्लामा नि षेधाज्ञाको दोस्रो हप्ता बित्दै गर्दा माधव समूहका युवाहरू भर्चुअल माध्यमबाट छलफलमा छुटे । त्यो बेलासम्म अनेरास्ववियूले केहि ठाउँमा स्वास्थ्य सामग्री वितरण सुरू गरिसकेको थियो । के गर्दा राम्रो हुन्छ भन्ने विषयमा युवाहरू छलफलमा केन्द्रित भए ।अनेरास्ववियूले स्वास्थ्य सामग्री वितरण गर्ने । हामी खाद्यान्न सहयोग गर्ने भन्ने निष्कर्षमा युवाहरू पुगे । तत्काल कोबाट कति बोरा चामल सहयोग गर्ने भन्ने निधो गरे । बैठकमा सहभागी युवाहरूकै तर्फबाट झण्डै २ सय बोरा चामल संकलन हुने भयो । त्यस्तै दाल, तेल, नुन पनि संकलन भयो ।माधव नेपाल समूहको युवा संघले पनौती नगरपालिकाका एक विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेर सुरूवात गर्यो । अहिले धेरै ठाउँबाट राम्रो प्रतिक्रिया आईरहेका छन् । सहयोगको माग पनि बढेको छ । राहत दिएका फोटो सामाजिक सञ्जालमा राख्दा ओली समूहकै धेरै युवा, विद्यार्थीले सकारात्मक काम भन्दै प्रशंसा युक्त कमेन्ट गरेको पाईन्छ ।साच्चै भन्ने हो भने ज्याला मजदुरी गर्नेहरूको सारथी बनिरहेको छ यतिबेला युवा संघ काभ्रे । ‘यसमा हाम्रो कुनै पनि स्वार्थ छैन, न त संगठनको छाप । न झण्डा । यो त केबल मानवीय दायित्व पुरा गर्न मात्रै खोजेका हौ, यसमा हामी सबै साथीहरूको मेहेनत छ । उहाँहरूको परिश्रम छ । ब्यक्तिले भन्दा समूह गत रूपमा सहयोग गर्दा आवश्यक सामग्री जुटाउन पनि सजिलो हुँदो रहेछ, केन्द्रीय सचिव भेषराज शाहले भन्नुभयो ।’

Post Views: 487

Spread the love
    

Facebook Comments

Next Post
पनौतीका किसान धान रोप्न ब्यस्त (फोटोहरू)

पनौतीका किसान धान रोप्न ब्यस्त (फोटोहरू)

बनेपा पुरानै लयमा ! सं क्रमण बढ्ने चिन्ता

बनेपा पुरानै लयमा ! सं क्रमण बढ्ने चिन्ता

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

२३ श्रावण २०७९, सोमबार
आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

२३ श्रावण २०७९, सोमबार
मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

२३ श्रावण २०७९, सोमबार
राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

२३ श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!