पूर्व मन्त्री गोकुल बाँस्कोटाले सुर्यविनायक-बनेपा-धुलिखेल सडक छिट्टै बिस्तार हुने बताउनुभएको छ । पूर्व मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालमा मार्फत ढुक्क हुन आग्रह गर्दै छिट्टै टेण्डर प्रक्रियामा जाने समेत दावी गर्नुभयो ।
जेठ १५ गते आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले अरनिको राजमार्गको धुलिखेल-दोलालघाट-कोदारी खण्ड स्तरोन्नति र विस्तारको लागि १ अर्ब १३ करोड विनियोजन गरेपछि सूर्यविनायक देखि बनेपा खण्डका स्थानीयले चिन्ता ब्यक्त गरेका थिए ।
तर पूर्व मन्त्री बाँस्कोटाले छिट्टै सात अर्ब जतिको टेन्डर लाग्ने जानकारी दिनुभयो । पूर्व मन्त्री बाँस्कोटाका अनुसार अरनिको राजमार्गको सूर्यविनायक-बनेपा-धुलिखेल खण्डको स्तरोन्नति र विस्तारका लागि डिजाईन सकिएर स्वीकृतिको चरणमा पुगेको छ ।
पूर्व मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘सुर्यविनायक-बनेपा-धुलिखेल सडक बिस्तार के हुन्छ ? भन्ने साथीहरुको जज्ञाशा रह्यो ।ढुक्क भए हुन्छ-छिट्टै सात अर्ब जतिको टेन्डर लाग्दै छ । डिजाईन सकिएर स्वीकृतिको चरणमा छ है ।’
Facebook Comments