Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home फिचर

रमाउन थाल्यो काभ्रेको ढुंखर्कबाट लगिएको दुर्लभ सेतो मृगको बच्चा चिडियाखानाको चौरमा

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in फिचर
रमाउन थाल्यो काभ्रेको ढुंखर्कबाट लगिएको दुर्लभ सेतो मृगको बच्चा चिडियाखानाको चौरमा
Spread the love
    

काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर २ ढुंखर्कको सामुदायिक वनमा सेतो मृगको बच्चाल्ई आज ललितपुर स्थित चिडियाखाना लगिएको छ । हिजो ढुंखर्कको साँझ जनजागृति सामुदायिक वनमा मृगको सेतो पाठो फेला परेको थियो ।

वनमा घाँस काट्न गएका केही मानिसहरूले सानो मृग देखेका थिए । सेतो रङको मृग देखेपछि अनौठो मानेर उनीहरूले नै प्रहरीलाई जिम्मा लगाए । मृगको सेतो पाठोलाई सोमबार दिउँसो ललितपुरको जावलाखेलस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखानामा ल्याइएको छ। सेतो मृगलाई वन सब डिभिजन कार्यालय खोपासीका सहायक वन अधिकृत हेमबहादुर थापाले चिडियाखाना लैजानु भएको हो ।अधिकृत थापाका अनुसार मृग अन्दाजी डेढदेखि दुई महिनाको हो । ‘वनमा घाँस काट्न जाँदा स्थानीयले मृगको सानो बच्चा फेला पारे। सेतो रङको भएकाले उनीहरूलाई पनि अनौठो लागेछ,’ अधिकृत थापाले भने, ‘मलाई प्रहरीले हिजो नै खबर गरेको थियो। आज म त्यहाँ गएर लिएर चिडियाखानामा बुझाइसकेँ।’

उहाले यो कुनै अरू खालको मृग नभई नेपालमै पाइने प्रजातिमध्येको एक भएको बताउनुभयो। ‘जिनहरू कहिलेकाहीँ मोडिफाइ भएको जस्तै भएको भन्ने मैले बुझेँ,’ उनले भने, ‘सामान्य मृगहरूले नै यस्तो बच्चा पाउन सक्छन्।’तर यसबारे आफूलाई धेरै जानकारी नभएको उहाँले बताउनुभयो । ‘हामीले चिडियाखानामा राम्ररी राख्छन् भनेर ल्याएको हो। औषधि गर्नुपर्ने त खासै छैन तर राम्ररी रेखदेख पनि हुने भयो। खुला रूपमा हिँड्न पाउँछ भनेर हामीले यहाँ ल्याएका हौं,’ थापाले भने।

पहाडी क्षेत्रमा प्रायजसो रतुवा मृग पाइन्छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक लक्ष्मण पौड्यालले यो मृग रतुवा नै भएको अनुमान गरे। ‘यसको आकारप्रकार रतुवा मृगसँग मिल्दोजुल्दो छ। तर कहिलेकाहीँ यी जनावरको रङ बदलिन सक्छ,’ पौड्यालले सेतोपाटीसँग भने, ‘यस्तोलाई अल्बाइनो भनिन्छ जसमा बच्चाहरू सेतो हुन्छन्।’यो मृग ठूलो भएपछि अर्कै रङमा फर्किन पनि सक्ने उनले बताए। जनावरहरूमा यस्तो बिरलै हुने गरेको उनी बताउँछन्। ‘कहिलेकाहीँ खानपान आदि नमिलेर धेरै कारणले यस्तो प्रकारको बच्चा जन्मिन्छ,’ उनले भने, ‘नत्र जनावरहरूमा माउजस्तो हुन्छ त्यस्तै बच्चा जन्मिएको हुन्छ। जस्तै घरका कुखुरा फरक खालका हुन्छन् तर जंगलमा एउटै खालका भेटिन्छन्। अल्बाइनो हुँदा भने सेतो रङको बच्चा जन्मिन्छ।’

यस्ता बच्चा अरू जनावरहरूले पनि पाएको आफूले देखेको पौड्यालले बताए। शुक्लाफाँटामा दुई वर्षअघि कार्यरत रहँदा पनि आफूले यस्तै खालको १२ सिङे अल्बाइनो मृग देखेको उनले बताए।’मृगचाहिँ १२ सिङे थियो तर सेतो। थोप्ला हुने चित्तल पनि मैले पूरै सेतो देखेको छु,’ उनले भने, ‘कहिलेकाहीँ यस्तो हुन्छ। अब चिडियाखानामा गएर पनि हेरौंला।’यस्ता जनावरहरू नेपालमा कति छन् भन्ने यकिन तथ्यांक नभएको उनले बताए। चिडियाखानाका भेटिरिनरी डाक्टर पर्वतजंग थापाले जनावरहरू उद्धार गरेर ल्याइरहने भए पनि यस्तो मृगको पाठो बिरलै भेटिने बताए। ‘मानिसमा पनि छाला र रौं सेतो हुने समस्या देखिन्छ। जनावर, चरामा पनि हुन्छ। लाखौंमा एउटा यस्तो जन्मिन्छ। अब अर्को सेतो मृग हेर्न धेरै कुर्नु पर्ने हुन्छ। देखिन्छ देखिन्न यकिन साथ थाहा हुन्न,’ थापाले भने, ‘अब यसलाई केही समय दूध खुवाउँछौं। पछि यसले आफैं घाँस खान थाल्छ।’

यसलाई अरू जंगलमा यत्तिकै छाड्न पनि खतरा हुने उनले बताए। ‘यो यहाँ मजाले बाँच्छ भनेर सय प्रतिशत भन्न सक्दैनौं। हामी सक्दो प्रयास गर्छौं। यसको खानपिनदेखि घाम दिनुपर्ने कति हो सबै कुरामा ध्यान दिन्छौं,’ उनले भने, ‘यसलाई जंगलमै छाड्दा पनि हुन्छ। त्यसमा छलफल हुन्छ हुर्केपछि। त्यहाँ भने अरूले भन्दा पनि मान्छेले नै पाल्ने भनेर लग्न सक्छ अनि गाह्रो हुन्छ।’कुनै जनावर अल्बाइनो के कारणले हुन्छ?

अल्बाइनिजमबारे चर्चा गर्नुअघि हाम्रो रङ केले निर्धारण गर्छ भन्ने कुरा गरौं।

नर्थ डाकोटा स्टेट युनिभर्सिटीमा प्राणीशास्त्रमा विद्यावारिधि गरिरहेका अनुज घिमिरेका अनुसार छालाको इपिडर्मिस भन्ने भागमा मेलानोसाइट नामको कोषले मेलानिन भन्ने पिगमेन्ट बनाउँछ। मेलानिन सामान्यत: दुई प्रकारका हुन्छन्- इउमेलानिन (खैरो, कालो रङ) र फियोमेलानिन (रातो-खैरो रङ)।

कोही गाढा रङको छ भने उसको शरीरले मुख्य रूपमा इउमेलानिन धेरै मात्रामा उत्पादन गर्छ र फिक्का रङ हुनेहरूमा फियोमेलानिनको मात्रा धेरै हुन्छ। हाम्रो रङ यही मेलानिनको मात्राले निर्धारण गर्छ।

मानिसका पूर्वजको उत्पत्ति अफ्रिकामा भएको मानिन्छ। उनीहरू भूमध्यरेखा नजिक बस्थे, जहाँ घाम र परावैजनी किरण अत्यधिक मात्रामा हुन्छ। परावैजनी किरणसँगको लगातार सम्पर्कले कोषहरूमा उत्परिवर्तन ल्याउँछन्। जसले गर्दा क्यान्सरको जोखिम उच्च हुन्छ। त्यो जमानामा सनस्क्रिन थिएन। त्यसैले शरीरकै सनस्क्रिनले त्यस्ता परावैजनी किरणबाट सुरक्षा दिएको थियो। त्यो सुरक्षाको काम मेलानिनले गरेको थियो। मेलानिनले कवच जस्तो बनेर शरीरलाई परावैजनी किरणबाट जोगाउँछ।

हजारौं वर्षसम्म अत्यधिक मात्रामा सूर्य र परावैजनी किरणसँगको सम्पर्कले हाम्रा पूर्वजमा ती किरणसँग लड्न अनुकूलित हुने क्षमता बढाउँदै गयो। त्यसले गर्दा भूमध्यरेखा वरिपरि बस्ने मान्छेमा धेरै गाढा रङ देखिन्छ भने उत्तरी गोलार्द्धमा बस्नेहरू फिक्का रङका हुन्छन्। जब हाम्रा पूर्वज अफ्रिका छोडेर एसिया र युरोपतिर लाग्न थाले, तब रङ बदलिन थाल्यो।

बदलिनु पर्ने जरूरत किन भयो भने धेरै समयसम्म सूर्यको किरण नरहने चिसो ठाउँमा मेलानिन धेरै हुँदा सूर्यको किरणबाट पाउने भिटामिन डीको कमी हुने अवस्था आयो। हाम्रो शरीरमा भिटामिन डीको उत्पादन हुन सूर्यका किरणको महत्वपूर्ण हात हुन्छ।

यसै त थोरै मात्रामा सूर्य देखिने त्यसमाथि मेलानिनले किरण रोक्ने भएपछि शरीरमा भिटामिन डी अभाव हुन थाल्यो। मेलानिन बेफाइदाजनक हुन थालेपछि युरोपतिर बस्ने मान्छेमा त्यो बिस्तारै हराउँदै गयो।

पिग्मेन्टेसनलाई ६ वटा जिनले नियन्त्रण गर्छन् जुन वंशाणुगतताले निर्धारण गर्छ। उदाहरणका लागि मेलानोकोर्टिन १ रिसेप्टर जिनले इउमेलानिन उत्पादन गर्ने कि फियोमेलानिन भनेर निर्धारण गर्छ। त्यसरी नै केआइटी लाइज्ञान्ड जिन र एगौटी सिग्नलिङ पेप्टाइड जिनले इउमेलानिन उत्पादन नियन्त्रण गर्छ र जुन उत्तरी गोलार्द्धमा स्थानान्तरण भएका हाम्रा पूर्वजमा (प्राकृतिक) छनोटमा परेको पाइएको अनुसन्धानले देखाएको छ।

यसरी जति धेरै मेलानिन शरीरले बनायो त्यति धेरै गाढा रङ हुन्छ र जति कम बनायो त्यति फिक्का। माथि भनेजस्तै रङ निर्धारण गर्ने मेलानिनले हो। सोझो गरी सोच्दा सेतो हुनु भनेको मेलानिनको अभाव हुनु भन्ने बुझिन्छ।

मेलानिनको अभाव हुने त्यस्तो अवस्थालाई अल्बाइनिजम भनिन्छ। स्तनधारी जनावर जो अल्बाइनो छन् तिनीहरू सेतो मात्र हुँदैनन् तिनीहरूको आँखा पनि फिक्का, रातो वा गुलाबी रङको हुन्छ। त्यति मात्र नभएर उनीहरूको आँखामा रहेको पिग्मेन्टमा पनि कमी भएकोले उनीहरूको दृष्टि पनि कमजोर हुन्छ। त्यही कारण अल्बाइनो भएका चरा वा अरू जनावर धेरै समय बाँच्न सक्दैनन्। धेरै समय नबाँच्ने भएकोले तिनीहरू बिरलै देखिन्छन् र कतिलाई यो अचम्म लाग्छ।

तर यो अचम्म मान्न पर्ने प्रक्रिया होइन।

घिमिरेका अनुसार अल्बाइनिजम विभिन्न किसिमको हुन्छ, जुन उत्परिवर्तनको प्रकार र आनुवंशिक उत्तराधिकारले निर्धारण गर्छ। सबभन्दा साधारण प्रकारको अल्बाइनिजमलाई ओकुलोकिउटेनियस अल्बाइनिजम (ओसिए) भनिन्छ, जुन विभिन्न सात प्रकार (ओसिए १ देखि ओसिए ७) का जिनहरूले निर्धारण गर्छ। यदि आमाबुवा दुवैबाट परिवर्तित जिन पाएको खण्डमा अल्बाइनिजम देखिन्छ।

साभार: सेतोपार्टी
सबै तस्बिरहरू: निशा भण्डारी/सेतोपाटी

 

Post Views: 742

Spread the love
    

Facebook Comments

Next Post
कृषि सामग्री कम्पनी धुलिखेलको मल गोदाम रित्तै

कृषि सामग्री कम्पनी धुलिखेलको मल गोदाम रित्तै

धुलिखेल नगरपालिकाका करिब ७ हजार जनाले लगाए को भिड भ्याक्सिन-मेयर श्रेष्ठ

नगरपालिका संघले स्वास्थ्य मन्त्रालयलाई भन्यो 'खोप किन्न अनुमति देउ'

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!