सम्भवतः काभ्रेमा कोरोना भाईरसको दोस्रो लहर फैलिए यता पहिलो पटक कोरोना सं क्रमितको स्थानीय अस्पतालमा नि धन भयो । जेठ ६ गते धुसेनी शिवालय प्राथमिक अस्पतालमा भर्ना भएका मादनकुँडारीका ७१ बर्षीय पुरूषको हिजो अबेर मृ त्यु भएको थियो ।
धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पताल बनेपामा मृ त्यु भएकाको श व नेपाली सेनाको टोलीले ब्यवस्थापन गर्दै आएको छ । तर चौरीदेरालीमा सेनाको टोली तत्काल पुग्न सक्ने कुरा पनि आएन । अथवा त्यहाँका स्वास्थ्यकर्मीहरू आफैले श व ब्यवस्थापन गर्ने आट गरे ।
कोरोना सं क्रमितको मृ त्यु हुने बित्तिकै धुसेनी शिवालय प्राथमिक अस्पतालका प्रमुख राजु चौलागाईंले स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झालाई फोन गर्नुभयो । डाक्टर झाले तपाईहरू श व ब्यवस्थापन गर्ने साहस गर्नुहुन्छ भने गर्दा हुने र श व ब्यवस्थापन गर्दा अपनाउनु पर्ने थप उपाय बताउनुभयो ।स्वास्थ्यकर्मीहरूले अठोट गरे । गाउँपालिका र अस्पतालले यस्तै घटना हुन सक्छ भनेर पहिल्यै आवश्यक सामग्रीको तयारी गरिसकेकाले पनि श व ब्यवस्थापनमा धेरै समस्या नपरेको अस्पतालका प्रमुख चौलागाईंले बताउनुभयो । ‘हामी पहिले देखिनै तयारी मनस्थितिमा थियौँ, सं क्रमितको उपचार गर्न थालेपछि यस्ता अप्रिय घ टना हुन सक्ने र त्यसलाई ब्यवस्थापन कसरी गर्ने बन्ने बारे चिकित्सक र स्वास्थ्यकर्मीहरु जानकार हुनुहुन्थ्यो, हामी स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेरै श व ब्यवस्थापन गर्यं, यो पहिलो घ टना अस्पतालकै स्वास्थ्यकर्मीहरूले श व ब्यवस्थापन गरेको, प्रमुख चौलागाईले भन्नुभयो ।’
सेनाले जस्तै श वलाई स्वास्थ्यकर्मीले प्याक गरे । गाउँपालिका नजिकैको चि हान डाँडामा लगेर आफन्तहरूको उपस्थितमा जलाए । ‘स्वास्थ्यकर्मीको टोली हिजो नै श व ब्यवस्थापन गर्न तयार थियो, तर मृ तकको आफन्तहरू केहि अलमलमा पर्नुभयो, आज श वको ब्यवस्थापन गरियो, अस्पताल प्रमुख चौलागाईले भन्नुभयो ।’
यसरी गाउँमै कोरोना सं क्रमणबाट मृ त्यु भएकाको श व ब्यवस्थापन गर्दा गाउँमा असुरक्षित हुने भन्दै चौरीदेराली गाउँपालिकाका सामाजिक सञ्जाल प्रयोगकर्ता टिप्पणी गरेका छन् । तर श व ब्यवस्थापनमा पूर्ण सावधानी अपनाईएको अस्पताल प्रमुख चौलागाई बताउनुहुन्छ । ‘यस्तो संवेदनशील विषयमा खेलाची गर्ने कुरा आउँदैन, सेनाले जसरी श वको ब्यवस्थापन गर्दै आएको छ, त्यहि विधि र प्रक्रिया अपनाईएको छ, यसमा कुनै शंका गर्नु पर्ने अवस्था छैन् ।’
गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतमले स्थानीय अस्पतालमै कोरोना सं क्रमितको मृ त्युपछि गाउँपालिकाबासीमा अपिल गर्दै थप सजग भएर कोरोना भाईरसको नियन्त्रण र रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कडाका साथ पालना गर्न आग्रह गर्नुभएको छ । भिडभाड नगर्न, मास्क लगाउन र बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुन अध्यक्ष गौतमले सबैलाई अनुरोध गर्नुभयो ।
Facebook Comments