Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home फिचर

संसारका सबैभन्दा गुणकारी तरकारी स्कुस: यस्ता छन् ८ फाईदा

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in फिचर, स्वास्थ्य
संसारका सबैभन्दा गुणकारी तरकारी स्कुस: यस्ता छन् ८ फाईदा
Spread the love
    

स्कुस तपाई हाम्रो घर–आँगनमा सजिलै फल्छ । धेरै पनि फल्ने । यो सस्तो मात्रै होईन । स्वादिलो, सुपाच्य र स्वस्थ्यकर पनि छ । स्कुस बहुउपयोगी तरकारीको रूप चिनिन्छ । स्कुसको मुन्टा, फल र जरा सबै स्वाद फेर्दै खान सकिन्छ । त्योसँगै स्कुस धेरै मात्रामा उत्पादन हुने भएकाले यसले हाम्रो खाद्य भण्डारलाई पनि समृद्ध बनाएको छ । मूख्य कुरा, स्कुस स्वास्थ्यका लागि अत्यान्तै पोषिलो छ ।

स्कुसलाई तरकारीको रूपमा उसिनेर खादा पनि हुन्छ । कतिपयले मःम बनाएर पनि खाने गरेको पाईन्छ । आफुसँग पकाउने जुन कला छ त्यसैलाई प्रयोग गरेर खान सकिन्छ । कतिपयले स्कुस गाईभैसीलाई दानाको रूपमा पनि दिने गरेको पाईन्छ । तर स्कुस निकै गुणी तरकारी हो । मानव स्वास्थ्यको लागि स्कुस एउटा बहुउपयोगी खानेकुरा रूपमा मानिएको छ । स्कुस लौका प्रजातिको एक प्रकारको तरकारी हो ।

यसको उब्जनीको व्याख्या गर्ने हो भने यो विशेषतः मेक्सिको र ल्याटिन अमेरिकी देशहरूबाट उत्पत्ति भएको तरकारी हो । यसको उत्पादन अहिले त विश्वभरि नै फैलिएको छ । एन्टिअक्सिडेन्ट र विभिन्न पोषक तत्वहरू सहितको यो तरकारी स्वास्थ्यको लागि अत्यधिक लाभ प्रदान गर्ने तरकारी रहेको विज्ञहरूले औल्याएका छन् ।

के छन् स्कुसका फाईदा ?

१. पोषण तत्वको धनी

स्कुसको सबैभन्दा ठूलो गुन भनेको यो पोषण तत्वले धनी तरकारी हो । किनकि यसमा विभिन्न प्रकारका भिटामिन, खनिज र फाइबरहरू पाउन सकिन्छ । जुन हाम्रो शरीरको लागि अत्यावश्यक छ । जस्तै, एउटा २०० ग्रामको स्कुसमा क्यालोरी – ३९ प्रतिशत, कार्बाेहाइड्रेड – ९ ग्राम, प्रोटिन – २ ग्राम, भिटामिन सी –२६ प्रतिशत, कपर – १२ प्रतिशत, पोटासियम – ७ प्रतिशत, म्याग्नेसियम – ५ प्रतिशत प्राप्त हुन्छ । यस्तो खाले पोषण तत्वका साथसाथै स्कुसमा कम क्यालोरी, फ्याट, सोडियम र कार्बाेहाइड्रेड हुने गर्छ । त्यस्तै, शरीरलाई स्वस्थ बनाउनको लागि यो सहायक सिद्ध हुन्छ ।

२. एन्टिअक्सिडन्टको उपलब्धता 

स्कुसमा मानव शरीरलाई चाहिने एन्टिअक्सिडेन्टको प्रचुरताका कारण पनि अति गुनिलो तरकारीको रूपमा मान्ने गरिन्छ । एन्टिअक्सिडेन्ट विभिन्न प्रकारका खाद्य पदार्थहरूमा पाइन्छ । जसले हाम्रो शरीरको तन्तुहरूमा हुने असरबाट बचाउँछ भने यसले शरीरभित्र हुने तनावलाई पनि कम गर्ने गर्छ ।

यिनीहरूमध्ये स्कुसमा माइरिसेटिन सबैभन्दा अधिक मात्रामा पाइन्छ । विभिन्न अनुसन्धान अनुसार मामाइरिसेटिन क्यान्सरप्रतिरोधी छ साथै यसले मधुमेह र जलन पनि कम गर्छ । स्कुस भिटामिन सीको एउटा उत्कृष्ट स्रोत हो । जुन हाम्रो शरीरको लागि अत्यावश्यक हुन्छ ।

३. स्वस्थ्य मुटुका लागि

स्कुस नियमित खाने मान्छेमा मुटुरोगको जो खिम कम हुने गर्छ । जस्तै, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र रक्तप्रवाहमा पनि यसले सहयोग गर्ने गर्छ । जनावर र टेस्टट्युबमा गरिएको अनुसन्धानले रक्तनलीहरूलाई स्वस्थ बनाउन मद्दत गरेको भेटिएको छ । यसले रक्त प्रवाहमा सुधार ल्याउने एवं रक्तचाप घटाउन पनि मद्धत गर्छ ।

स्कुस फाइबरको राम्रो स्रोत हो । २०० ग्राम स्कुसमा शरीरमा चाहिने कुल फाइबरको १५ प्रतिशत आरडीआई प्राप्त गर्न सकिने बताइन्छ । फाइबर युक्त खाद्य पदार्थको उच्च सेवनले मुटु रोगको जोखिम घटाएको छ ।

४. रगतमा हुने गुलियो पदार्थको नियन्त्रण

स्कुसको घुलनशील फाइबरले शरीरको पाचन प्रणाली र कार्बाेहाइड्रेडको अवशोषणलाई सुस्त बनाउँछ । जसले रगतमा चिनीको मात्रामा कमी ल्याउँछ । स्कुसले इन्सुलिनलाई प्रभावित गरेर रगत हुने चिनीको मात्रा नियन्त्रणमा सहयोग पुर्याउँछ ।

प्रारम्भिक गर्भावस्थामा, भ्रुणबाट मस्तिष्क र मेरुदण्डको उचित विकासका लागि फोलेट आवश्यक हुन्छ । पर्याप्त फोलेट सेवनले बच्चाको मस्तिष्क विकास र सकुशल जन्ममा समेत मद्धत गर्छ । २०० ग्रामको एउटा स्कुसले शरीरमा चाहिने फोलेट र भिटामिन बीको ५० प्रतिशत माग पूरा गर्ने गर्र्छ । यसैले, सन्तुलित आहारको एक भागको रूपमा स्कुस खानु स्वस्थ गर्भावस्थाको लागि उत्तम हुन्छ ।

५. क्यान्सर कम गर्न सहयोगी

उच्च पोषणयुक्त फलफूल र तरकारीको उपभोगले विभिन्न प्रकारका क्यान्सरको जोखिम कम गर्न मद्दत पुर्याउने गर्छ । एक अध्ययनले निश्चित मात्रामा स्कुसको सेवन गर्दा त्यसमा रहेका यौगिकहरूले क्यान्सर हुन सक्ने कोषिकामा त्यसको असर कम गर्ने गरेको देखाएको छ । यद्यपी यी नतिजाहरू पूर्ण क्यान्सर प्रतिरोधी भनेर प्रमाणित तथ्य भने होइनन् । तर यसले क्यान्सर कमगर्न सहयोग गर्छ भन्ने विषय भने विभिन्न अध्ययनबाट प्रमाणित विषय हो ।

६. बुढेसकालमा हुने दृष्टिदोष कम

शरीरमा फ्रि रेडिकल भन्ने एउटा मुख्य सिद्धान्त हुन्छ । जसले शरीरका विभिन्न कोषहरूमा क्षति पुर्याएर उमेर ढल्किँदै गएपछि हुने दृष्टिदोष कम गर्न पनि मद्दत पुर्याउँछ । यसैले, भिटामिन सी पर्याप्त पाइने यो तरकारीको नियमित सेवनले बुढेसकालको दृश्य कम गर्न मद्दत गर्छ ।

७. मिर्गाैलाको कामलाई सहज

यसको नियमित सेवनले फ्याटी लिभर डिजिज भनेको एउटा यस्तो समस्या हो । जसमा अत्यधिक बोसो कलेजो छेउमा जम्मा हुन्छ । कलेजोमा जमेको धेरै बोसोले यसलाई ठीकसँग काम गर्न अवरोध सिर्जना गर्न सक्छ । यसरी नियमित स्कुसको सेवन गर्दा कलेजोमा बोसो जम्ने कामलाई यसले नियन्त्रण गर्न सक्छ । मु’सामा गरिएको अध्ययनले पनि स्कुस खुवाएको मुसामा कोलेस्ट्रोल र फ्याट्टी एसिडको मात्रा कम पाइएको थियो । तर यसमा यो पनि अध्ययन गर्न जरुरी छ कि स्कुसले मान्छेको कलेजो स्वास्थ्यमा कसरी सहयोग पुर्याउँछ ?

८. तौल स्वस्थ बनाउन

विभिन्न अध्ययनहरूले स्कुस नियमित सेवन गर्नेमा तौल बढ्ने तर यसले मोटोपनाको कुनै समस्या ननिम्त्याउने समेत देखाएको छ । पछि तौल घटाउनु पर्ने अवस्था आयो भने पनि सहजै घटाउन सक्ने गरी सन्तुलित रूपमा यसले तौला बढाउन मद्धत गर्छ ।।यसको नियमित सेवनले पाचन स्वास्थ्यलाई सहयोग पुरूयाउँछ । तपाईंको पाचन प्रणालीमा आवश्यक पर्ने विभिन्न कार्यमा सहयोग गर्नको लागि स्कुस आफैँमा सहायक सिद्ध खानेकुरा हो ।

Post Views: 440

Spread the love
    

Facebook Comments

Next Post
एमाले नेता लामा द्वारा भुम्लु गाउँपालिकालाई भेटघाट पोको हस्तान्तरण 

एमाले नेता लामा द्वारा भुम्लु गाउँपालिकालाई भेटघाट पोको हस्तान्तरण 

बाँस्कोटाले भने ‘राष्ट्रियसभाको चुनाव भन्दा एमालेको सुरक्षित जीवनको चासो राखौँ’

पूर्व मन्त्री बाँस्कोटाले भने 'काभ्रेमा रसायनिक मलको अभाव हुन दिन्नौँ'

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!