काभ्रेको बनेपामा रहेको ग्रामीण समाज कल्याण संघ (आर्सो) नेपाल सिन्धुपाल्चोक जिल्लाकाे पाँचपाेखरी थाङपाल गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आर्सो नेपालका अध्यक्ष जीतराम लामाले गाउँपालिकाका अध्यक्ष टासी ह्योल्मोलाई हस्तान्तरण गर्नुभएको हो ।आर्सो नेपाल र टिजिएचले गाउँपालिकाले सञ्चालन गरेको काे भिड आईसाेलेसन सेन्टर, गाउँपालिका कार्यालय, वडा नम्बर ३ भाेताङ, वडा नम्बर ४ थाङपालकाेट, वडा नम्बर ५ गुन्सा र वडा नम्बर ६ थाङपालधापलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको आर्सो नेपालका अध्यक्ष जीतराम लामाले बताउनुभयो ।
मास्क, सानिटाईजर, पिपिई सेट, क्लाेरिन, अक्सिजन सिलिन्डर लगायतकाे सामाग्रीहरु गाउँपालिका अध्यक्ष टासी लामा र सम्बन्धित वडाध्यक्षलाई हस्तान्तरण गरिएको हो । आर्सोको सहयोगले कोरोना भाईरसको नियन्त्रण र रोकथामका लागि गाउँपालिकाले गरिरहेको कामलाई सहयोग पुग्ने गाउँपालिका अध्यक्ष टासी ह्योल्मोले बताउनुभयो ।
आर्सो नेपालले टिजिएचको आर्थिक सहयोगमा २०७२ साल बैशाख १२ गपतेको भुकम्पपछि पाँचपाेखरी थाङपाल गाउँपालिकामा ठूलो सहयोग गरेको थियो । आर्सो स्वास्थ्य, विद्यालय भवन निर्माणका साथै निजी आवास पुनःनिर्माणमा मद्दत गरेको थियो ।
पाँचपाेखरी थाङपाल गाउँपालिकामा आर्सो नेपालले भुकम्पले भत्काएको सिँचाई कुला पुनःनिर्माण गरि आयआर्जनका थुप्रै सिपहरू सिकाएको छ । कृषिमा आधुनिकीकरण देखी उन्नत जातको बाख्रा पालनाको सिप समेत आर्सो नेपालले सिकाएको थियो ।
© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित
Facebook Comments