अर्थ मन्त्री विष्णु पौडेलले हिजो आगामी आर्थिक वर्ष २०७८/७९ लागि बजेट विनियोजन गर्नुभयो । स्थानीय तहका लागि पनि बजेट विनियोजन गरिएको छ ।
जस अन्तर्गत सिन्धुपाल्चोकका स्थानीय सरकारले प्राप्त गर्ने बजेट यस्तो छ ।
तीन वटा नगरपालिका रहेको सिन्धुपाल्चोकमा सबैभन्दा बढी, चौतारा साँगाचोकगढी नगरपालिकाले ६३ करोड ४५ लाख रूपैयाँ प्राप्त गरेको छ । मेलम्ची नगरपालिकाले ५६, करोड ६ लाख र बाह्रबिसे नगरपालिकाले ३६ करोड ७६ लाख रूपैयाँ बजेट पाएको छ ।
जिल्लाको ९ वडा गाउँपालिका मध्ये सबैभन्दा बढी ईन्द्रावती गाउँपालिकाले ४५ करोड २३ लाख रूपैयाँ बजेट पाएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका ३४ करोड ८९ लाख, जुगाल गाउँपालिकाले ३२ करोड १० लाख, बलेफी गाउँपालिका ३२ करोड ३ लाख र सुनकोशी गाउँपालिका ३२ करोड २ लाख रूपैयाँ बजेट पाएको छ ।
हेलम्बु गाउँपालिकाले ३० करोड ५२ लाख, लिसंखुपाखर गाउँपालिकाले २७ करोड ६४ लाख, त्रिपुरासुन्दरी गाउँपालिकाले २६ करोड २६ लाख र भोटेकोशी गाउँपालिकाले २६ करोड ८७ लाख रूपैयाँ बजेट पाएको छ ।
Facebook Comments