काभ्रेको चौरीदेराली गाउँपालिका वडा नम्बर ५ केउरेनीमा बन्दै गरेको सहिद तिर्थ गौतम स्मृति खेल मैदानको आधारभुत कार्य सकिएको छ । वडाध्यक्ष राजकुमार गौतमले पहिलो चरणको काम सकिएको जानकारी दिनुभयो ।यो खेल मैदानमा शौचालय र खानेपानी चेन्जिङ घर घेराबार, प्याराफिट, हेलिप्याड ग्राउन्ड पोलनेट, लाइटिङ, ग्रेडिङ र माटो फिलिङ समेतको कार्यको काम बाँकी छ । यी सबै पुरा भए काभ्रे जिल्लामा रहेको सबैभन्दा ठूलो खेलमैदान हुनेछ वडाध्यक्ष गौतमले बताउनुभयो ।
यो खेल मैदानको लम्बाइ ११० मिटर र चौडाइ ६५ मिटर हुनेछ । त्यसो हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता समेत सञ्चालन गर्न सकिनेछ । अहिले आधारभूत चरणको काम गर्न प्रदेश सांसद रत्न ढकाल मार्फत ९९ लाख बजेट परेको थियो । त्यसै अन्तर्गत पहिलो चरणको काम सकिन्न लागेको हो ।
खेल मैदानमा अझै धेरै काम गर्न बाँकी रहेको वडाध्यक्ष गौतमले बताउनुभयो ।’आधारभूत तहको मात्रै काम सकिएको छ, यो खेल मैदानलाई काभ्रे जिल्लाकै सबै भन्दा ठूलो र स्तरीय बनाउन सकिन्छ, जग्गा पर्याप्त, बजेटको मात्रै अभाव नहुने हो भने समयमै काम सकेर सञ्चालनमा ल्याउन सक्छौँ, वडाध्यक्ष गौतमले भन्नुभयो ।’
© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित
Facebook Comments