सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष ईश्वर तिमल्सिना कोरोना सं क्रमितको समस्या सुन्न घरैमा पुग्नु भएको छ । वडाध्यक्ष तिमल्सिना स्वास्थ्यकर्मीलाई साथैमा लिएर सं क्रमितको घरैमा पुग्नुभएको हो ।
हाेम अाइसाेलेसनमा बसिरहेका ३७ जना वडाका सं क्रमितलाई भेटेको वडा तिमल्सिनाले बताउनुभयो । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सं क्रमित भेट्न पुगेका वडाध्यक्ष तिमल्सिनाले स्वास्थ्यकर्मीले माक्स, सेनिटाइजर, साबुन, भिटामिन चक्की लगायतका औषधी समेत वितरण गर्नुभएको थियो ।
सं क्रमितहरूलाई स्वास्थ्यकर्मीले होम आईसोलेसनमा बस्दा अपनाउनु पर्ने स्वास्थ्य सावधानीका बारे पनि सल्लाह दिएका थिए । स्वास्थ्यकर्मीहरूले होम आईसोलेसनमा बस्दा अहिले देखिएको लक्षण बढ्दै गयो र अरू लक्षण देखिए तत्काल खबर गर्न आग्रह गरेका छन् ।
सुनकोशी र लिसंखु पाखर गाउँपालिका खाडिचौरमा रहेको सिन्धु सदावहार अस्पतालमा
चिकित्सक सुनिधा सहितको को भिड केयर सेन्टर सञ्चालनमा ल्याएका छन् ।
Facebook Comments