नेपाल सरकारले काभ्रेका लागि आगामी आर्थिक वर्ष थप ७ वटा नयाँ योजनाका लागि बजेट विनियोजन गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले आज बजेट भाषण मार्फत अघिल्ला बर्षका आयोजनाहरूलाई निरन्तरता दिँदै नयाँ ७ वटा योजनामा बजट विनियोजन गर्नु भएको हो ।
७ वटामा अधिकांश भौतिक पूर्वाधार तर्फका छन् । भक्तपुर- रवी-पाँचखाल सुरुङमार्गलाई बजेट विनियोन गरिएको छ । बनेपामा फिल्म सुटिङ स्टुडियो निर्माण हुनेछ । सुनकोशी नदीको दोलालघाट- खुर्कोट हुदै अरूण दोभानसम्म जलमार्ग निर्माणको लागि पनि सरकारले बजेट विनियोजन गरेको छ ।
अर्थ मन्त्री पौडेलले सहरी विकास अन्तर्गत काभ्रे भ्याली स्मार्ट सिटी र मण्डन शहरी पुर्वाधारका लागि बजेट विनियोजन गर्नु भएको छ । तरकारी र अन्न बाली उत्पादनमा अब्बल काभ्रे जिल्लामा आगामी आर्थिक वर्षबाट कागती उत्पादनका लागि समेत विशेष कार्यक्रम सञ्चालन हुने भएको छ ।
अरनिको राजमार्गको धुलिखेल-दोलालघाट-कोदारी खण्डको स्तरोन्नति र विस्तार गर्न १ अर्ब १३ करोड रूपैयाँ विनियोजन गरिएको छ ।
Facebook Comments