Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

युवा संघ काभ्रेद्वारा धुलिखेलमा बिचल्नीमा परेका मजदुरलाई खाद्यान्न सहयोग

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
युवा संघ काभ्रेद्वारा धुलिखेलमा बिचल्नीमा परेका मजदुरलाई खाद्यान्न सहयोग
Spread the love
    

धुलिखेल नगरपालिका वडा नम्बर ४ मा विचल्नीमा परेका मजदुरलाई युवा संघ काभ्रेले खाद्यान्न सहयोग गरेकोछ । आज युवा संघका केन्द्रीय सचिव भेषराज शाहको नेतृत्वमा गएको टोलीले ठेकेदार भागेपछि विचल्नीमा परेका मजदुरलाई खाद्यान्न सहयोग गरेको हो ।

 

युवा संघले ५ बोरा चामल, दाल, तेल र नुन प्रदान गरेको हो । सप्तरीको अग्नीसाईर कृष्णसरवन गाउँपालिका वडा नम्बर २ बाट काम गर्न आएका मजदुरहरू बिचल्नीमा परेका थिए । सहरी विकास मन्त्रालय अन्तर्गत वडा नम्बर ४ को भ्याण्डोलमा बन्दै गरेको ट्रीटमेणन्ट प्लानमा काम गर्ने १४ जना मजदुरले करिब एकसाता देखि दाल, चामल, ग्यास सबै सक्किएपछि बिचल्नीमा परेका थिए ।मजदुरहरू ट्रीटमेन्ट प्लाटमा भारतीय टेकेदार एमडी लालु मार्फत आएका हुन् । उनीहरू बैशाख देखि काम सहभागी भएका थिए । ठेकेदार साईटमा नआएपछि उनी वरपर चामल मागेर छाक टार्दै आएका थिए । युवासंघले खाद्यान्न सहयोग गरेपछि मजदुरहरूको मुहारमा खुशी फर्किएको छ । ‘हामी तपाईहरू प्रति आभारी छौँ, हाम्रो ठेकेदार सम्पर्क छैन, हामीसँग भएका सबै चिज सकिएपछि यहि गाउँमा भिख मागेर छाक टार्दै आईरहेका थियौ, टोली नेता शिवकान्त ठाकुरले भन्नुभयो ।’मजदुरहरूले ठेकेदारसँग एकदेखि साढे एक महिनासम्मको ज्याला थाप्न बाँकी रहेको बताएका छन् । मजदुरहरूले ठेकेदार कामको ज्याला नदाएको बारे प्र हरीको गुनासो गर्न जाँदा उल्टै थर्काएको समेत बताए । उनीहरूले ठेकेदार पत्ता लगाईदिन समेत युवा संघलाई आग्रह गरे ।’हामी तपाईहरू प्रति आभारी छौँ, ठेकेदार पनि खोजिदिनु होला, खाद्यान्न जिम्मा लिँदै गर्दै शिवकान्त भन्नुभयो ।’अनेरास्ववियू काभ्रेका अध्यक्ष बदन भण्डारीले मजदुरहरू आफ्नो ब्यक्तिगत २ हजार रूपियाँ तरकारी खरिदका लागि दिनुभयो । अनि मास्क र स्यानिटाजर पनि । मजदुरहरू खुशी हुँदै युवा संघ र अनेरास्ववियू काभ्रेलाई धन्यवाद दिए ।आजै युवा संघले बनेपा नगरपालिकाको वडा ५, ६, ८ र ११ वडाका अति विपन्नलाई खाद्यान्न सहयोग गरेको छ । ‘नि षेधाज्ञाका कारण छाक टार्न समस्या झेलिरहेका घरपरिवारलाई खाद्यान्न सहयोग गर्ने युवा संघ काभ्रेको कार्यक्रम अन्तर्गत विचल्नीमा परेका मजदुरलाई खाद्यान्न सहयोग गरेका हौ, यो बेला कोहि पनि भोको बस्न नपरोस् भनेर काभ्रे जिल्ला भर खाद्यान्न सहयोग गर्ने योजना छ, केन्द्रीय सचिव भेषराज शाहले भन्नुभयो ।’अनेरास्ववियूले खानीखोला गाउँपालिका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । अनेरास्ववियूले स्यानिटाजर २३० थान, १५ सय ३० थान मास्क, साबुन एक बाक्सा, स्टिमर २० वटा र अक्सिमिटर २ वटा प्रदान गरेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । अनेरास्ववियूले यसअघि भुम्लु र चौरीदेराली गाउँपालिकालाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गर्न युबा संघ जिल्ला कमिटि सचिव जयराम के सि, कोषाध्यक्ष मनोज थापा केन्दिय सदस्य सन्जिब दाहाल, अनेरास्ववियूका उपाध्यक्ष मन्दिरा तिमिल्सिना, सचिव अमित न्यौपाने लगायत युुवा विद्यार्थी पुगेका थिए ।

Post Views: 653

Spread the love
    

Facebook Comments

Next Post
यी हुन् काभ्रेमा थपिएका ७ नयाँ आयोजना

यी हुन् काभ्रेमा थपिएका ७ नयाँ आयोजना

सुनकोशी-७ का अध्यक्ष तिमल्सिना पुगे सं क्रमितको घरैमा

सुनकोशी-७ का अध्यक्ष तिमल्सिना पुगे सं क्रमितको घरैमा

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!