पहिरोको उच्च जो खिममा रहेको भुम्लु गाउँपालिका वडा नम्बर ६ कोलाँति भञ्ज्याङ् का ७ मध्ये तीन ३ घर माझी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । वडाध्यक्ष भरत बहादुर शिवभक्तीका अनुसार पूर्ण विस्थापित ३ घर माझी परिवारलाई सामुदायिक महिला भवनमा सारिएको हो ।
रेशम बहादुर माझी, ठुलोभाइ माझी र साईला माझीको परिवारलाई वडामा निर्मित सामुदायिक महिला भवनमा सारिएको छ । भञ्ज्याङका बिजय माझी, राम बहादुर माझी, सुब्बा बहादुर माझी र बाटुली माझीको घर पनि पहिरोको उच्च जो खिममा छ । उनीहरूलाई पनि सुरक्षित स्थानमा सार्नु पर्ने भएपनि तत्काललाई पूर्ण विस्थापित ३ परिवारलाई सामुदायिक महिला भवनमा
सारिएको वडाध्यक्ष शिवभक्तीले बताउनुभयो ।
जेठ १३ र १४ गते आएको अबिरल बर्षातसँगै पुष्पलाल मध्यपहाडी लोकमार्ग सडकले भञ्ज्याङका माझी समुदायको बस्ती तानेको हो । वडाध्यक्ष शिवभक्तीले पहिरोको जो खिममा रहेका सबै माझी परिवारलाई उद्धार गरी स्थायी रूपमा सुरक्षित ठाउँमा राख्न भुम्लु गाउँपालिकाको ध्यानाकर्षण समेत गराउनु छ ।
विस्थापित माझी समुदायको अन्यत्र जग्गा समेत नरहेकोले थप समस्या भएको छ । ‘त्यो बेला नै सडक डिभिजनले पहिरो रोकथामको उपाय अपाईदिएको भए अहिले यस्तो समस्या आउने नै थिएन्, उहाँहरूको अन्य कुनै पनि ठाउँमा जग्गा छैन, वडाध्यक्ष शिवभक्तीले भन्नुभयो ‘तीन घर परिवारलाई जसो तसो ब्यवस्थापन गरियो, अन्य ४ घरलाई परिवारलाई पनि तत्कालै सार्नु पर्ने अवस्था छ, म उहाँहरूको उद्धार र पुन:स्थापनाका लागि गाउँपालिका र सरोकारवालाहरूको ध्यानाकर्षण पनि गराउन चाहन्छु ।’
Facebook Comments