Tuesday, February 7, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

कमरेड एमाले नै हुँ भन्न सुहाउँछ र ?

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति
काभ्रेका यी पाँच जना एमालेले आज कसलाई मत देलान् ?
Spread the love
    

काभ्रेमा माधव नेपाल समूहले एमालेका नेता आधा भन्दा बढी आफुतिर र कार्यकर्ता आधा आधा भनेर दाबी गर्न छोडेको छैन् । जे होस् । जो जता सुकै हुन् । अहिले पूर्व जनप्रतिनिधि भन्दा यी पाँच जना वर्तमान जनप्रतिनिधिको अनुहार हेरौँ । पुराना कमरेडहरू भन्दा उहाँहरू नै बढी चर्चामा हुनुहुन्छ ।

पुराना कमरेडहरूले विचार फरक बोक्नु भयो । तर तपाईहरूले जस्तो यति ठूलो जनमत भएको पार्टी सिध्याउने गतिविधि गर्नुभएन । र त नेता बनिरहनुभयो । हामीले आर्दश मानि रह्यौ । पार्टीको हित विपरितका गतिविधि सहभागी हुनुभएन । आफु, आफ्नो समूह भन्दा पार्टी र संगठनलाई पहिलो प्राथमिकता दिनुभयो ।

काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर २ सहित त्यस अन्तर्गतका दुईवटै प्रदेश सांसद एमालेले जित्यो । सेट नै एमालेको । भलै अहिले संघीय संसद विघटन छ र गोकुल बाँस्कोटा सांसद हुनुहुन्न । संघीय निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश (क) बाट निर्वाचित प्रदेश सांसद लक्षमण लम्साल पहिलेदेखि नै बाँस्कोटाको विपरित विचार समूहमा हुनुहुन्थ्यो । अर्थात् फरक गुट । तर संघीय निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (ख) बाट निर्वाचित सांसद बसुन्धरा हुमागाईले भने धेरै कार्यकर्ता र शुभचिन्तक लाई माथ खुवाउने गरी गुट फेर्नुभयो । अझ भनौ बाँस्कोटाको साथ छोडेर टोक बहादुर वाईबा क्याम्प पुग्नुभयो ।

हुमागाईले गुट फेर्नु धेरैलाई नसोचेकै भयो । कता कता हुमागाईको फेसबुक स्टाटसहरू हेर्दा र पढ्दा उहाँ आफैले मात्रै चाहेर बाँस्कोटाको साथ छोड्नुभयो भन्ने प्रश्न बिचराधिन अवस्थामै छोड्नु पर्ने हुन्छ । हुमागाईलाई चिन्ने जान्ने कयौँ कार्यकर्ताहरू पछिल्लो फेरिएको रूपसँग परिचित थिएनन् । हुमागाईले त्यस्तो बेला गुट फेर्नुभयो जति बेला को एमाले, एमालेमै रहने र को एमाले माओवादीसँग जाने भन्ने छिनोफानो चल्दै थियो ।

केन्द्रमा काँग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल अघि सर्ने र एमालेले राष्ट्रिय सभाको उप निर्वाचनमा उम्मेदवार रहेका राम बहादुर थापाको पक्षमा मतदान नगरेपछि काभ्रेका यी पाँच जना जनप्रतिनिधिले अब पनि एमाले नै हुँ भन्न सुहाउँछ र ? तपाई पाँचै जनाले पक्कै पनि सोच्नु न भयो होला । के तपाईको अन्तर आत्माले अझै पनि एमाले नै हो भन्छ ? अझै गम्भीर भएर सोच्नुस है ।

बादलको बिपक्षमा मतदान गरे बापत काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश (क) का लक्षमण लम्साल र (ख) का बसुन्धरा हुमागाईलाई एमाले संसदीय बोर्डले स्पष्टीकरण मागेको थियो । उहाँहरूले स्पष्टीकरण बुझाइपनि सक्नु भएको छ । काभ्रेका २ सहित १४ जना प्रदेश सांसदलाई एमाले संसदीय बोर्डले स्पष्टीकरण सोधेको थियो । उनीहरूले बुझाएका स्पष्टीकरण अध्ययन गर्दै होलान् संसदीय दलका नेता ।

बादलको बिपक्षमा मतदान गर्ने एमालेबाट निर्वाचित नगरपालिकाका प्रमुख र उपप्रमुख अनि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई पनि स्पष्टीकरण सोध्ने स्पष्ट सन्देश एमाले बाग्मती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले दिईसक्नु भएको छ । प्रदेश सांसदलाई संसदीय दल र स्थानीय तहका जनप्रतिनिधिलाई पार्टी प्रति निभाएको भुमिकाको उच्च मुल्याङ्कन गर्दै कारबाहिको डण्डा चलाउने निश्चित प्रायः छ ।

माधव समूहले काभ्रेमा नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष टोक बहादुर वाईबा रहेको समूहनै एमालेको संस्थापन भन्ने गरेको सुनिन्छ । तर आफ्नै पार्टी अध्यक्ष, संसदीय दलको नेता, प्रधानमन्त्री केपी शर्मा ओलीको विरूद्ध अन्य दलसँग साँठगाँठ गर्ने र त्यसैको मतियार बन्नेहरू संसदीय अभ्यास गरिरहेको मुलुकमा अधिवेशन, महाधिवेशन वा दलभित्रको जुनसुकै निर्वाचन जितेर, जतिसुकै लोक प्रिय मत ल्याए पनि संस्थापन हुनै सक्दैन ।

किन कि दलको ह्वपी नमान्ने ब्यक्ति त्यो दलको हो भन्ने हैसियत कुनै बखत पनि राख्दैनन् । ल एकैछिन मानौ, टोक बहादुर बाईव संस्थापन अध्यक्ष नै हो । यदि हो भने सर्वोच्चत अदालतले एमाले र माओवादीलाई आ आफ्नो दलमा फर्क भनेपछि बनेपाको पार्टी कार्यालय खोलेर पदाधिकारी र सबै जनवर्गीय संगठनका प्रमुखलाई बोलाएर हिजोका तिता मिठा बिर्सन कुनै कोशिस गरेको पाईयो त ?

बाहिर बाहिर काभ्रेमा संस्थापन पक्ष हामी भन्दै माधव समूह हिड्ने । पार्टी कार्यालय खोलेर पार्टी गतिविधि अघि बढाउन नसक्ने । अनि कसरी भन्न सुहाउँछ संस्थापन ? के हो संस्थापनको गतिलो उदाहरण केन्द्रमा केपी ओलीबाट सिक्दा पर्याप्त हुन्छ । आफ्नो अनुहार समेत हेर्न नमान्ने माधव नेपाललाई ओलीले कसरी सिंह दरबारसम्म पुर्याए ।

जब जेठ ६ गते दलको आधिकारिक उम्मेदवारलाई पराजित गराएर हाँस्दै छुटिने मध्यमै पर्छन् यी पाँच अनुसार पनि । त्यो दिन देखिनै काभ्रेमा तपाई पाँच जनाले एमाले हुँ भन्ने नैतिक र वैधानिक आधार गुमाईसक्नु भयो । तपाईहरूलाई फगत एउटा सेतो पनामा कालो अध्यक्ष लेखेको पत्र बाँकी होला ।

केन्द्रमा भएका राम्रा कुराको उदाहरण लिनुस्, सिक्नुस् । त्यो काठमाडौँमा हुने नराम्रा चिज जिल्लामा अंगिकार गर्नु पर्ने कुनै आवश्यकता छैन । तपाई पाँच जना जनप्रतिनिधिले काभ्रेमा सिँगो एमालेको प्रतिनिधित्व गर्ने त होइन । तर तपाई एमालेको उम्मेदवार र तपाईलाई जिताउन सूर्य चिन्हमा भोट हाल्नुस है भनेर गाउँघरका बाआमा, दाजुभाइ तथा दिदी बहिनीहरुलाई भन्दै हिडेको दिन र आज तपाईहरूले जिल्ला पार्टी कमिटीभित्र गरेको गद्दारीपन झलझली सम्झिरहेको छु ।

यति पढ्दै गर्दा एमालेमै फर्केर तपाईलाई अघिल्लो पटक चुनाव जिताएकालाई यो पटक गुण लगाउनुहोस् भन्ने शुभकामना पनि छ है कमरेड । संगठन मजबुद र धेरै कार्यकर्ता भएको पार्टी हो एमाले । म त फर्कनुहोस् । तर नफर्केने आदेश छ भने पनि एमालेले लगाएको गुण नर्बिसनुस् । नयाँ दलमा अबद्ध हुनुभयो भने प्रतिस्पर्धा गरौँला माटो, हावा र पानी सुहाउँदो गरी ।

 

Post Views: 936

Spread the love
    

Facebook Comments

Next Post
बनेपा -१० का जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई झरीले छेकेन सं क्रमितको घर पुग्न

बनेपा -१० का जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई झरीले छेकेन सं क्रमितको घर पुग्न

पूर्व मन्त्री बाँस्कोटाद्वारा इन्जिनियरलाई चुनावमा केन्द्रित हुन आग्रह

पूर्व मन्त्री बाँस्कोटाद्वारा इन्जिनियरलाई चुनावमा केन्द्रित हुन आग्रह

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!