सिन्धुपाल्चोक जिल्लामा कोरोना भाईरसको वि रूद्धको दोस्रो डोज खोप जेठ १६ गते आईतबार लगाईने भएको छ । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले आज एक सूचना मार्फत कोभिसिल्ड खोपको दोस्रो डोज लगाउने तालिका सार्वजनिक गरेको हो ।
स्वास्थ्य कार्यालयका अनुसार २०७७ साल फागुन २३ गतेभन्दा अघि पहिलो प्राथमिकतामा परेर पहिलो मात्रा खोप लिएकाले मात्रै दोस्रो डोज लिन पाउनेछन् । त्यो बेला खोप लगाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीले दोस्रो डोजको खोप लगाउनेछन् ।
दोस्रो डोजको खोप लगाउँन आउँदा पहिलो मात्रा खोप लगाएको खोप कार्ड तथा आफ्नो परिचय खुल्ने सरकारी परिचय पत्र साथैमा लिएर आउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
खोप लगाउन ४ केन्द्र
स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले कोभिसिल्डखोपको दोस्रो डोज लगाउन ४ वटा खोप केन्द्र तोकेको छ । चौतारा अस्पताल, बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र, मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र र बलेफी प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप लगाउन पाईनेछ ।
यी चारवाटै खोप केन्द्र विहान ११ बजेदेखि ४ बजेसम्म मात्रै खुल्ला रहनेछ ।
Facebook Comments