समता घरेलु लघुबित्त बित्तिय संस्थाले बनेपा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थाले नगरपालिकाको कार्यालयमै पुगेको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत डाक्टर मदन घिमिरेले बनेपा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । संस्थाले करिब ७ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत उप्रेतीले बताउनुभयो ।
संस्थाले नगरपालिकालाई ५ थान अक्सिजन कन्सन्टे्टर, २ थान थर्मल थर्माेमिटर, ३ थान अक्सिमिटर, १० पकेट ग्लोब्स, १ हजार थाप मेडिकल मास्क, ५ लिटरको ६ जर्किन सेनिटाईजर हस्तान्तरण गरेको हो ।
Facebook Comments