काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ६ भञ्ज्याङका ७ घर माझी परिवार वि स्थापित हुनु पर्ने अवस्थामा पुगेका छन् । मध्य पहाडी लोकमार्ग खन्दा नै उक्त ठाउँमा पहिरो जानसक्ने भन्दै वडा कार्यालयले भरपर्दो उपाय अनाउन ठेकेदार र सडक डिभिजन कार्यालयलाई आग्रह गरेको थियो ।
तर त्यो बेला भनेको कुरा नमान्दा जेठ महिनाकै पानीले पहिरो गयो । हिजो राती पहिरो जाँदा भञ्ज्याङका ७ घर परिवार वि स्थापित हुने अवस्थामा पुगेको वडाध्यक्ष भक्त बहादुर शिवभक्तीले जानकारी दिनुभयो । स्थानीय ठुलोभाइ माझी, बिजय माझी, साईला माझी, राम बहादुर माझी, सुब्बा बहादुर माझी, रेशम बहादुर माझी र बाटुली माझीको घर तत्कालै अन्यत्र नसारे ठूलो क्ष ति बेहोर्नु पर्ने अवस्था आउन सक्ने वडाध्यक्ष शिवभक्तीले बताउनुभयो ।मध्य पहाडी लोकमार्गले माझी बस्ती तानेको हो । ‘सडक खन्दा नै हामीले बस्ती जोखिममा पर्ने भयो भनेर ठेकेदार कम्पनी र सडक डिभिजनको ध्यानाकर्षण गराएका हौ, त्यो बेला नै जमिन धाँजा फाटेको थियो, त्यसपछि पनि पटक पटक सडक डिभिजनलाई सम्झाइरह्यौ, तर हाम्रो कुरा उनीहरूले अटेरी गरिरहे, अहिले जेठकै बर्षाले घर तान्न लागिसक्यो, बर्खासम्म उनीहरू कसरी बस्न सक्छन् ? वडाध्यक्ष शिवभक्तीले भन्नुभयो ।’
पहिरोले पुर्याएको क्ष तिको वडाध्यक्ष भरत बहादुर शिवभक्ती सहित जनप्रतिनिधिको टोलीले आज बिहानै अवलोकन समेत गरेको छ। उनीहरूको अन्यत्र जग्गा समेत नहरेको वडाध्यक्ष शिवभक्तीले बताउनुभयो । ‘त्यो बेला नै सडक डिभिजनले पहिरो रोकथामको उपाय अपाईदिएको भए अहिले यस्तो समस्या आउने नै थिएन्, उहाँहरूको अन्य कुनै पनि ठाउँमा जग्गा छैन, वडाध्यक्ष शिवभक्तीले भन्नुभयो ‘पीडितलाई कसरी ब्यवस्थापन गर्ने भनेर छलफल गरिरहेको छु, सुरक्षित ठाउँमा नसरी हुने अवस्था छैन् ।’पटक पटकको ताकेपछि केहि दिन अघि सडक डिभिजनको केहि मान्छे आएर हेरे गएको तर त्यसपछि कुनै काम अघि नबढाएको वडाध्यक्ष शिवभक्तीको भनाई छ । ‘सडक डिभिजनबाट केहिदिन पहिले आउनु भएछ, नाप, जाँच पनि भयो भन्ने मैले पनि सुनेको हुँ, तर त्यसपछि त्यो टोली गाउँ फर्केर कुनै काम गरेको छैन ।’
Facebook Comments