बागमती प्रदेश सरकारले सिन्धुपाल्चोक सहितका ४ जिल्लामा कोरोना भाईरसको परीक्षण गराउन पीसीआर मेसिन खरिद प्रक्रिया अघि बढाएको छ । सामाजिक विकास मन्त्रालयले आज पीसीआर मेसिन खरिदका लागि टेण्डर आव्हान गरेसँगै पीसीआर मेसिन राख्ने टुंगो लागेको हो ।
सामाजिक विकास मन्त्री सरस्वती बस्नेतका अनुसार पीसीआर मेसिन सिन्धुपाल्चोक, रामेछाप, धादिङ र चितवन जिल्लामा राखिने छ । सिन्धुपाल्चोकमा पीसीआर मेसिन राख्नका लागि उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री सरेश नेपालले विशेष जोड दिदै आइरहनु भएको छ ।
मन्त्री नेपालको प्रयास साकार हुने वित्तिकै सिन्धुपाल्चोकमै कोरोना भाईरसको परीक्षण हुनेछ । जिल्लामा पीसीआर मेसिन नहुँदा अहिले काभ्रेको धुलिखेल स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा ल्याउनु पर्ने बाध्यता छ । प्रादेशिक प्रयोगशालामा धेरै ठाउँबाट स्वाब आउने गरेकाले रिपोर्ट पाउन एक हप्तासम्म कुर्नु पर्ने अवस्था छ ।
सिन्धुपाल्चोकमै पीसीआर मेसिन जडान भएपछि समय रिपोर्ट पाउन सकिनेछ । दोलखाले यसअघि नै चरिकोटमा पीसीआर मेसिन राखेर कोरोना भाईरसको परीक्षण थालिसकेको छ ।
Facebook Comments