धुलिखेल नगरपालिकाका करिब ७ हजार नागरिकले कोरोना भाईरस विरूद्धको खोप लगाएका छन् । मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठका अनुसार हालसम्म ६ हार ९ सय ५९ जनाले चहिलो डोज कोरोना भाईरस विरूद्धको खोप लगाएका हुन् ।
धुलिखेल नगरपालिका मार्फत कोभिसिल्ड र भेरोसेल भ्याक्सिन ४ हजार ४ सय ५९ जनाले लगाएका छन् ।धुलिखेल अस्पताल मार्फत २ हजार ५ सयलाई खोप लगाइएको मेयर श्रेष्ठले बताउनुभयो ।
धुलिखेल नगरपालिकाका २ हजार ३ सय २ जनाले दोस्रो डोज खोप लगाएका छन् । ४ सय जनालाइ थप दोस्रो डोज खोप लगाउन पहल भैरहेको मेयर श्रेष्ठले जानकारी दिनुभयो ।
Facebook Comments